PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डा. गोविन्द केसीका सबै माग पूरा गर्न सकिन्न : प्रचण्ड



डा. गोविन्द केसीका सबै माग पूरा गर्न सकिन्न : प्रचण्ड
फाइल फोटो

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ चिकित्सक गोविन्द केसीको सबै माग सम्बोधन गर्न नसकिने बताएका छन्। 

अध्यक्ष दाहालले सार्वभौम संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको प्रतिक्रिया पनि दिए बिहिबार भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले वरिष्ठ चिकित्सक केसीको मागको सम्बन्धमा सार्वभौम संसदले आवश्यक निर्णय लिने पनि बताए। सरकारसँग सो मागलाई थपघट गर्ने अधिकार रहेको अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले वरिष्ठ चिकित्सक केसीलाई जुम्लाबाट काठमाडौं ल्याएर उपचार गराउन पहल भइरहेको पनि जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell