PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिन्धुपाल्चोकमा जिप ४ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु



सिन्धुपाल्चोकमा जिप ४ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित सल्लेमा आज राति भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

मेलम्चीबाट भोताङ जादै गरेको  लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना  फ्याफुला डाँडामा स्टार्ट बन्द भएपछि जिप करिब ४०० मिटर तल खसेको थियो।

घाइते नौ जनालाई दुर्घटना भएको जिपभन्दा पछाडि रहेको ट्रकमा राखी उपचारका लागि लगिएको  स्थानीय प्रकाश बस्नेतले जानकारी दिए।  मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन्।

पानी परेको कारणले बाटो बिग्रिएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन्। शव चिन्न नसकेका कारण मृत्यु भएका व्यक्तिको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए।

केही वर्ष पहिले यही ठाउँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell