PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'कायरा'को नयाँ गीत यस्तो बन्यो



पहिलोपोस्ट

 'कायरा'को नयाँ गीत यस्तो बन्यो

काठमाडौं : फिल्म 'कायरा'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। कोशिस क्षेत्रीको शब्द/संगीत र केतन क्षेत्रीको स्वरमा फिल्मको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री सामाग्री राज्य लक्ष्मी शाह फिचर्ड छन्।  

लक्ष्मण रिजाल फिल्मका निर्देशक हुन्। फिल्ममा आर्यन र सामाग्रीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठ लगायतको अभिनय रहेको छ। फिल्म साउन १८ मा प्रदर्शन हुनेछ। फिल्ममा बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell