PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तान फर्किँदै पूर्व प्रधानमन्त्री नवाज र उनकी छोरी मरियम, विमानस्थलमै पक्राउ गर्ने सरकारी तयारी



पहिलोपोस्ट

पाकिस्तान फर्किँदै पूर्व प्रधानमन्त्री नवाज र उनकी छोरी मरियम, विमानस्थलमै पक्राउ गर्ने सरकारी तयारी

इस्लामावाद : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई पाकिस्तान प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। लण्डनबाट इस्लामावाद आउँदै गरेका उनीहरुलाई त्यहाँको विमानस्थलमा नै पक्राउ गर्ने तयारी भइरहेको स्रोतलाई उदृत गर्दै पाकिस्तानको डन न्यूजले जनाएको छ। 

उनीहरुलाई लाहोरको आलम इक्वाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै पक्राउ गरी नेशनल एकाउन्टिविलिटी व्यूरो (एनएबी)लाई हस्तान्तरण गरिने योजना बनिरहेको छ। 

पाकिस्तानका इन्टेरियर सेक्रेटरी युसफ नसिम खोकरको अध्यक्षतामा बसेको प्रान्तीय अधिकारीहरु पञ्जावका प्रहरी प्रमुख, एनएबीका लाहोरका प्रमुख तथा संघीय जाँच आयोगका प्रमुख र स्लामावादका प्रमुख आयुक्तबीचको उच्चस्तरीय बैठकले उनीहरुलाई पक्राउ गर्ने निर्देशन भएको हो। 

नवाज र मरियमलाई पक्राउ गरी हेलिकोप्टरबाट इस्लामावाद लगिने बताइएको छ। बैठकमा उपस्थित रहेका एक अधिकारीका अनुसार इस्लामावादमा सुरक्षा अवस्था विग्रिए उनीहरुलाई आजै अदालतमा पेश गरिने तयारी भइरहेको बताइएको छ। 

उनीहरुलाई रावलपिण्डिमा रहेका अडियल जेलमा राखिने छ। यहाँ क्याप्टेन सफदार समेत जेल जीवन विताइरहेका छन्। सफदार नवाजका ज्वाँइ हुन्।

उनको पक्राउसँगै हिंशा भड्किन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको छ। त्यसका लागि रेन्जर फोर्स परिचालनको तयारी भइरहेको छ। 

उनीहरु दुबै वेलायतबाट पाकिस्तानका लागि प्रस्थान गरेका छन्। नवाज सरिफले विमानबाट भिडियो सन्देश सार्वजनिक गरेका छन्। मरियमको ट्वीटरमार्फत सार्वजनिक भएको भिडियो सन्देशमा आफ्ना समर्थकहरुलाई अफ्नो पक्षमा उभिन अपिल गर्दै भनेका छन्, ‘देशको भाग्य पविर्तन गर्नुहोस।’ 
 


देश यतिवेला संवेदनशील अवस्थामा छ। मैले के सक्थे त्यो गरे। मलाई थाहा छ मलाई १० वर्ष जेल सजाय सुनाइएको छ। र मलाई सिधै जेलमा लगिने छ,’ भिडियो सन्देशमा अगाडि भनेका छन्, ‘तर म पाकिस्तानीहरुले जानुन भन्ने चाहन्छुकी यो सबै तिमिहरुको लागि गरेको हुँ।’ 

नवाज र मरियम साँझ ६ः१५ बजे लाहोरको आलमा विमानस्थलमा अवुधावि हुँदै इत्हिाद एयरको विमानबाट अवतरण गर्ने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell