PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किमको पत्रलार्इ ‘अ भेरी नाइस नोट’ भन्दै सार्वजनिक गरे ट्रम्पले 



पहिलोपोस्ट

किमको पत्रलार्इ ‘अ भेरी नाइस नोट’ भन्दै सार्वजनिक गरे ट्रम्पले 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको पत्र सार्वजनिक गरेका छन्। ट्विटरबाट सार्वजनिक गरिएको सो पत्रमा किमले द्वीपक्षीय सम्बन्धमा नयाँ भविष्य बन्नेमा आशावादी रहेको बताएका छन्। 

पत्रलार्इ ‘अ भेरी नाइस नोट’ (एउटा राम्रो पत्र) भन्दै ट्रम्पले धेरै राम्रो प्रयास भएको उल्लेख गरेका हुन्। 

तर, पत्रमा उत्तर कोरियाले गर्ने भनिएको आणविक निशस्त्रीकरणका बारेमा गरेको प्रयासका बारेमा केही उल्लेख गरिएको छैन। ट्रम्प र किमबीच सिङगापुरमा भएको ऐतिहासिक वार्तामा आणविक निशस्त्रीकरणको मुद्दा प्राथमिकतामा परेको थियो। 

अमेरिकाले उत्तर कोरियामाथि पेट्रोलियम पदार्थ आयातका बारेमा संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाएको छ। तर, अमेरिकाले कुनकुन देशले उत्तर कोरियालार्इ सामाग्री निर्यात गरिरहेको छ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन। गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियालार्इ पाँच लाख ब्यारेल तेल मात्र निर्यात गर्न सक्ने निर्णय गरेको थियो।  

उक्त पत्रमा किमले लेखेका छन्, 'म सम्माननीय राष्ट्रपतिले गरेको उर्जावान र असाधारण प्रयासको प्रशंसा गर्दछु।' साथै उनले द्वीपक्षीय विश्वासलार्इ अझ प्रगाढ बनाउन व्यवहारिक कार्यहरुलार्इ अघि बढाउनुपर्ने कुरामा जोड दिएका छन्।

किमले द्वीपक्षीय सम्बन्ध सुधार्न गरेको प्रयासले ट्रम्पसँग आगामी वार्ता चाँडै हुनसक्ने बताइएको छ। 

१२ जुनमा सिङगापुरमा भएको वार्तामा किम र ट्रम्पले कोरियन प्रायद्वीपलार्इ आणविक हतियार मुक्त बनाउने सहमति पत्रमा हस्ताक्षर भएको थियो। वार्तापछि अमेरिकाले दक्षिण कोरियासँग गर्ने भनिएको सैन्य अभ्यास रद्ध गरेको थियो।

तर, त्यसपछि उत्तर कोरियालार्इ आणविक हतियार नष्ट गराउन ट्रम्पले कुनै पनि प्रतिवद्धता हासिल गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो।

गत हप्ता मात्र उत्तर कोरियाले शीर्ष वार्तापछि परमाणु हतियार नष्ट गर्नका लागि ‘गुण्डाको जस्तो व्यवहार गरेको’ आरोप लगाएको थियो। 
कोरियाली युद्धमा करिब ३० हजार अमेरिकी सेनाको मृत्यु भएको थियो भने ७ हजार ७ सय सैनिकहरु वेपत्ता रहेका थिए। विभिन्न चरणहरुमा गरिएको अनुसनधानबाट करिब २०० जना सैनिमको शव फिर्ता लाग्न बाँकी रहेको देखाएको थियो। तर, दुर्इ राष्ट्रबीच सम्बन्ध बिग्रिँदा सो कार्य हुन सकेको थिएन। अब त्यसमा प्रगति हुने अपेक्षा गरिएको छ। (बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell