PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली सरकारले खारेज गरेका ४ नियुक्तिविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, राहत पाउनेहरु यी हुन्



पहिलोपोस्ट

ओली सरकारले खारेज गरेका ४ नियुक्तिविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, राहत पाउनेहरु यी हुन्

काठमाडौं : शेरबहादुर देउवाको नेतृत्व रहँदा नियुक्ति पाएका चार संस्थानका अध्यक्षलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रवार न्यायाधीश बमबहादुर श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, घरेलु तथा साना उद्योग विकास समितका कार्यकारी निर्देशक नविनकुमार झा र राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेलको पक्षमा अन्तरिम आदेश दिएको हो। 

त्यस्तै बिहीवारमात्र अदालतले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झा र कर्जा सुरक्षण निगमका अध्यक्ष विष्णु मिश्रको पक्षमा समेत अन्तरिम आदेश जारी गरेको थियो।

ओली सरकारले एकै निर्णयबाट गत वर्षको भदौ १४ देखि फागुन २ गतेसम्म नियुक्त भएकाहरुको नियुक्ति खारेज गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell