PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानमा चुनावी कार्यक्रमलाई लक्षित गरी आत्मघाती विस्फोट, उम्मेदवारसहित १३२ जनाको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा चुनावी कार्यक्रमलाई लक्षित गरी आत्मघाती विस्फोट, उम्मेदवारसहित १३२ जनाको मृत्यु

इस्लामावद : पाकिस्तानमा  भएको आत्मघाती बम हमलामा परी १३२ जना मारिएका छन्। घटनामा परी १८० जना भन्दा बढी घाइते भएको डन न्यूजले जनाएको छ।

यही महिना २५ तारिकमा हुन लागेको निर्वाचनको चुनावी प्रचार प्रसार कार्यक्रमलाई लक्षित गरी दुई वटा आत्मघाती बम विस्फोट गराइएको थियो।

बलोचीस्तानमा भएको वलोचीस्तान अवामी पाटी (बीएपी)का उम्मेदवार नवाबजाद सिराज रइसानीको चुनावी कार्यक्रमलाई लक्षित गरी त्यहाँको मस्तुङ क्षेत्रमा एउटा आत्मघाती बम विष्पोट हुँदा १२८ जना मारिएको समाचारमा जनाइएको छ। घटनामा परी १५० जना भन्दा बढी घाइते भएका छन्।

यो आक्रमण निर्वाचन क्षेत्र एनए–३५ का उम्मेदवार अक्रम खान दुर्रानीको चुनावी कार्यक्रममा भएको मोटरसाइकल बम विस्फोटको एक घण्टा पछि भएको थियो। बान्नु क्षेत्रमा भएको विस्फोटमा परी ४ जनाको मृत्यु हुनुका साथै ३० जना बढी घाइते भएका थिए।

बलोचीस्तानका मुख्यमन्त्री नवाब अस्लम राइसानीका भाइ तथा बलोचीस्तानका प्रान्तीय उम्मेदवार सराज राइसानीको चुनावी कार्यक्रमलाई लक्षित गरी शक्तिशाली आक्रमण भएको थियो। उनी पीबी–३५ मस्तुङका उम्मेदवार समेत थिए।

‘मेरा कान्छा भाइ आक्रमणमा परी शहीद भएका छन्,’ मुख्यमन्त्रीका अर्का भाइ हाजी लस्कारी राइसानीले भने, ‘उनी आक्रमणमा परी गम्भीर घाइते थिए। उनको उपचारलाई उपचारका लागि कोटाको कम्वाइन्ड मिलिटरी अस्पतालमा लगिएको थियो।’

घटनामा परी १२८ जनाको मृत्यु भएको र १५० जना घाइते भएको बलोचीस्तानका कार्यवाहक गृहमन्त्री अगा उमरले जानकारी दिएका छन्।

लस्कारी राइसानीले आफूसँगै मुख्यमन्त्री दाजु अस्लमलाई समेत धम्की आइरहेको बताएका छन्। सन् २०११ मा मस्तुङमा भएको विष्पोटमा उम्मेदवारका १६ वर्षीय छोराको समेत मृत्यु भएको थियो। त्यति बेला अस्लम त्यहाँका मुख्यमन्त्री थिए।

अस्लममाथि पनि यसअघि आत्मघाती हमला भएका थिए। त्यति बेला उनी मुख्यमन्त्री थिए।

प्रतिवन्धित तेहरिक–तालिवान पाकिस्तानको संगठन ‘गाजी फोर्स लाल मस्जिद’ले ह्वाटसएप मार्फत सन्देश प्रेषित गर्दै घटनाको जिम्मेवारी लिएको छ।

घटनापछि त्यहाँको सरकारले संकटकालको घोषणा गरेको छ। सिराजले दुई साता अगाडि आफ्नो चुनावी अभियान सुरु गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell