PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सपना निकै नजिक : पेरिसिक



पहिलोपोस्ट

सपना निकै नजिक : पेरिसिक

क्रोएसिया पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो। २० वर्ष अघि पहिलो पटक विश्वकपमा सहभागी हुँदै सेमिफाइनल पुगेको क्रोएसिया रसियामा नयाँ इतिहास बनाउने होडमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलार्इ पराजित गरेको क्रोएसियाले फाइनलमा फ्रान्सको सामना गर्दैछ। 
इंग्ल्यान्डसँग खेलमा १०९ मिनेटमा मारियो मानडुजकीले गोल गरी क्रोएसियललार्इ विजयी बनाएका थिए। रेफ्रीले फाइनल विस्सल बजाउने बित्तिकै क्रोएसियाली खेलाडीहरु आफ्ना समर्थकहरुका बीचमा गएर खुसीयाली साटासाट गर्न पुगेका थिए। स्टेडियममा फ्यानहरुका एक हिरो थिए- इभान पेरिसिक, जसले इंग्ल्यान्ड विरुद्ध गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए। 

पेरिसिक भन्छन्, 'यो व्याख्या गर्न नसकिने कुरा हो। यो सबै खेलाडी र समर्थकहरुको लागि सम्मानको विषय हो। मलार्इ लाग्दैन कि हामी यो उचार्इका बारेमा अझै जानकार छौं। सानो मुलुक क्रोएसिया विश्वकप फाइनलमा। विश्वकप शुरु हुनु भन्दा अघिसम्म हामी यो स्थानसम्म पुग्छौं भनेर कसैले विश्वास गर्दैन थिए। तर हामीलार्इ विश्वास थियो। फेरी त्यहाँ ड्रामा थियो, तीन पटक हामी एक गोलले पछाडि थियौं तर हामीले गोल फर्कायौं। त्यसले हाम्रो टिम स्पिरिटको बारे धेरै बोल्छ। त्यो नै यो जेनिरेसनका खेलाडीहरुको वास्तविक विशेषता हो। हाम्रो सामु एउटा खेल बाँकी छ र हामी यो भन्दा आत्मविश्वासी पहिला भएका थिएनौं।'

इंग्ल्यान्डले पहिलो ब्रेकपछि खेलमा आफ्नो मोमेन्टम गुमाइसकेको थियो। क्रोएसियाले त्यसको फाइदा उठायो र पेरिसिकले गोलगरी खेल बराबरीमा पुर्याटए र खेल एक्स्ट्रा टाइमसम्म पुग्यो।

पेरिसिकले भने, 'पहिलो हाफ हाम्रो लागि त्यति राम्रो हुन सकेन। हामीले विस्तारै खेल शुरु गर्यौ  र इंग्ल्यान्डले गोल गर्नु स्वभाविक थियो। तर, दोस्रो हाफबाट हामीले राम्रो खेल्दै हाम्रो वास्तविक स्ट्याण्डर्ड देखायौं।'  

गत हप्ता मात्र क्रोएसियाली प्रशिक्षक जाल्टको ड्यालिकले टोलीको कमजोरी पत्ता लगाएका थिए। त्यो थियो १९९८ मा फ्रान्ससँग पराजित हुनु। अहिले लुका मोड्रिकको कप्तानीमा रहेको टोलीले नयाँ इतिहास बनाएको छ। 

'१९९८ सेमिफाइनलमा फ्रान्स हामीलार्इ पराजित गरेको थियो। त्यसले पनि हामीलार्इ थप प्रेरणा दिएको छ। तर यो अर्कै कथा हो। उनीहरु फेभरेटस् हुन्। तर हामी उनीहरुलार्इ सर्प्राइज गर्न हाम्रो सबैभन्दा राम्रो खेल देखाउने छौं। हामी सबै मस्कोमा बस्न पाउँदा खुसी छौं। यो हाम्रो उद्देश्य थियो। हाम्रो सपना निकै निजिक छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell