PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोविन्द केसीले उपचार गर्न मानेनन्, अनशनस्थलमै भेन्टिलेटर



पहिलोपोस्ट

गोविन्द केसीले उपचार गर्न मानेनन्, अनशनस्थलमै भेन्टिलेटर

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधीहरु तयारी अवस्थामा राखिएको छ।

आज बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखिदिएको हो। साथै इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि तयारी अवस्थामा राखिएको छ।

यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले विज्ञप्ति जारी गर्दै डाक्टर केसीले जुम्लामै अनशन जारी राख्न चाहेको अवस्थामा आफूहरु उपचार गर्न सक्षम रहेको जानकारी गराएका छन्। 

१५ औँ दिनमा अनशन, देखिए केसीमा दुई समस्या 

सत्याग्रहको १५ औँ दिनमा डाक्टर केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखापरेका छन्। रगतमा घट्दो सेतो रक्त कोशिकाको संख्या सँगै घाटीमा संक्रमण पनि देखिएको छ। घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ। तर, आफू अनशनमा रहेका कारण कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने अडान केसीले राखेका छन्। 

त्यस्तै स्लाइन पानी दिन खोलिएको नसामा पनि संक्रमण देखिएको छ जसका कारण हात सुन्निएको छ। 

सरकारले वार्ता टोली नबनाएको भनी आक्रोशित भएका केसीले भद्र अवज्ञास्वरुप आज पनि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेनन्। उनको स्वास्थ्यको विस्तृत जानकारी चिकित्सकले लिन सकेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell