PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्लेअर्स टु वाच : गोल्डेन बुटको रेसमा रहेका ह्यारी केन र रोमेलु लुकाकु



पहिलोपोस्ट

प्लेअर्स टु वाच : गोल्डेन बुटको रेसमा रहेका ह्यारी केन र रोमेलु लुकाकु

रसिया विश्वकपमा एकै समूहमा रहेका इंग्ल्यान्ड र बेल्जियम तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछन्। समूह चरणको खेलमा बेल्जियमले इंग्ल्यान्डलार्इ पराजित गरेको थियो। संयोगवश विश्वकप २०१८ मा आज फेरि यी दुई टोली भिड्दैछन्। आजका यी दुर्इ टोलीहरु सान्त्वना जितका लागि मैदानमा संघर्ष गरिरहँदा इंग्ल्यान्डका कप्तान ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकुबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। सेमिफाइनल खेलमा दुवै खेलाडीको प्रदर्शन कमजोर रह्यो। केन र लुकाकुको आलोचना पनि भयो ती खेलहरुमा। गोल्डेन बुटका मुख्य प्रतिस्पर्धी रहेका केन र लुकाकुलार्इ आजको खेल आफैलार्इ प्रमाणित गर्ने र आफ्नो टोलीलार्इ सान्तवना जित दिलाउने अवसर अन्तिम अवसर हो।  

ह्यारी केन, इंग्ल्यान्ड

२८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्यान्डलार्इ यसपटकको उपाधी दाबेदारका रुपमा लिइएको थियो। तर, सेमिफाइनल क्रोएसियासँग पराजित भएपछि इंग्ल्यान्डको सपनामा ब्रेक लाग्यो। ५२ वर्षपछि विश्वकप फाइनलमा पुग्ने लक्ष्यसाथ विश्वकपभर उत्कृष्ट फर्ममा रहेको इंग्ल्यान्डले क्रोएसियासँग सोचे अनुसार खेल्न सकेन। इंग्ल्यान्डको कप्तानी सम्हालिरहेका ह्यारी केनको त्यसपछि निकै आलोचना भयो। केनले क्रोएसियाविरुद्ध गोल गर्ने धेरै अवसर गुमाएका थिए। तर, इंग्ल्यान्डका प्रशिक्षक ग्रयारेथ साउथगेटले ह्यारीले टोलीलार्इ यहाँसम्म पुर्‍याउन धेरै मिहिनेत गरेको, यो अबधिमा उनीसँग त्योभन्दा बढी माग्न नसक्ने भन्दै बचाउ गरेका थिए। 

विश्वकपमा सर्वाधिक गोल गर्न सफल ह्यारी केन गोल्डेन बुटका प्रमुख दाबेदार हुन्। बेल्जियमका रोमेलु लुकाकुले आजको खेलमा केही चमत्कार नगरेको खण्डमा यसपटकको गोल्डेन बुट ह्यारी केनकै नाममा रहेन लगभग पक्का छ। ह्यारीले रसियामा ६ गोल गरिसकेका छन् भने रोमेलु लुकाकुले चार गोल गरेका छन्। प्रिक्वाटरफाइनल खेलमा कोलम्बियाविरुद्ध उनले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ट्युनिसिया विरुद्धको पहिलो खेलमा दुई गोल गरी टोलीलाई विजयी बनाएका ह्यारीले पानामा विरुद्धको हयाट्रिक गर्दै इंग्ल्यान्डलाई विजयी बनाएका थिए। उनले इंग्ल्यान्डका लागि २७ खेलमा १९ गोल गरिसकेका छन्। 

रसिया विश्वकपमा एक प्रभावशाली खेलाडीका रुपमा उदाएका ह्यारी केनले युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको नेतृत्व गरिरहेका छन्। टोटनह्याम हटस्परबाट व्यवसायिक फुटबल खेल्दै आएका केनले इंग्ल्यान्डलार्इ विश्व विजेता बनाउन नसके पनि उनीबाट आजको खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।  
 

रोमेलु लुकाकु, बेल्जियम

अन्डरडग टोलीका रुपमा रसिया विश्वकपको उपाधी दाबेदार मानिएको बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो। बेल्जियमका फुटबल स्टार रोमेलु लुकाकुले मैदानमा गोल गर्ने धेरै अवसर पाए तर उनले आफ्नो टोलीलार्इ फाइनलसम्म पुर्यााउन सकेनन्। तेस्रो स्थानका लागि इंग्ल्यान्डको सामना गर्दा लुकाकामाथि बेल्जियमका समर्थकहरुको आशा भने अझै रहनेछ। 

इंग्ल्यान्डसँगको खेलमा उनको मुख्य प्रतिस्पर्धी रहनेछन् ह्यारी केन। रसिया विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनपछि ४ गोल सहित रोमेलु लुकाकु गोल्डेन बुटको प्रतिस्पर्धा पनि रहेका छन्। बेल्जियमका रोमेलु लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा दुई-दुई गोल गरी टोलीलाई अन्तिम १६ मा पुर्‍याउन प्रमुख भूमिका निभाएका थिए। यससँगै उनले बेल्जियमबाट ७२ खेल्दै ४० गोल पूरा गरेका थिए। 

म्यानचेस्टर युनाइटेडका प्रभावशाली खेलाडी रहेका २५ वर्षीय लुकाकु बेल्जियमलार्इ तेस्रो बनाउने र गोल्डेन बुट पाउने अवसर पक्कै खेर फाल्न चाहँदैनन्। त्यसैले पनि उनी विश्वकपको अन्तिम खेलमा बेल्जियमका प्रशंसकहरु लुकाकुबाट राम्रो प्रदर्शनको अपेक्षामा रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell