PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सोल्टीमोडमा टिपरको ठक्करबाट १८ वर्षकी किशोरीको मृत्यु



सोल्टीमोडमा टिपरको ठक्करबाट १८ वर्षकी किशोरीको मृत्यु

काठमाडौँ : काठमाडौँको सोल्टीमोडमा शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे १ बजे कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको ना ७ ख ९४७५ नम्बरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको गरेको बा ९६ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा चितवन घर भई हाल कुपण्डोल बस्ने १८ वर्षकी अनुजा घिमिरे रहेकी छिन्। ठक्करबाट गम्भीर घाइते भएकी घिमिरेको उपचारको क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको हो।

सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

घटनापछि स्थानीय बासिन्दाले टिपर तोडफोड गरेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell