PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख



वसन्तराज उप्रेती

एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख

काठमाडौं : बजेटबाट अन्तशुल्क बढेपछि महँगा बाइकको मूल्य करोड पुगेको छ।

उच्च घरानाले सोखको रुपमा चढ्ने बाइकको मूल्य अन्तशुल्क बढेका कारण दोब्बर भएको छ। सीमित मात्रै बिक्री हुने डुकाटी बाइकको मूल्य करोड रुपैयाँ पुगेको छ।बजेट अघि यो बाइकको मूल्य ५० लाख रुपैयाँ थियो।

डुकाटी बाइकको अधिकृत बिक्रेता डुकाटी काठमाडौंका चेयरम्यान अभिनवजंग बहादुर राणाका अनुसार १२ सय सीसीको डियाभेल,मल्टीस्ट्राडा बाइकको मूल्य करोड हाराहारीमा पुगेको छ।यो बाइकको मूल्य ५०देखि ६० लाख रुपैयाँ थियो।उनका अनुसार यी बाइक वर्षमा चार वटासम्म बिक्री हुन्थे।

'अब बाइक ल्याएर विक्री गर्न धेरै गाह्रो छ। चार सय सीसीको डुकाटी स्ट्रेम्ब्लर विक्री हुन्छ की भन्ने आशा लिएका छौँ। तत्कालै बाइक बिक्री हुने सम्भावना कम छ, उनले भने।कम्पनीले केही महिना अघि भित्र्याएको पानिगेल भी फोर एउटै मात्र विक्री भएको उनले बताए। ४७ लाख रुपैयाँ मूल्य पर्ने पानिगेल  भि फोरको नयाँ मूल्य ७५ लाख रुपैयाँ पुगेको छ।

अन्तशूल्क बढेपछि कम्पनीले भिफोर एस नेपाल ल्याउन नसकेको उनले बताए।उनले भने, 'भिफोर पछि ग्राहकको माग अनुसार भिफोर एस झिकाउन लागेका थियौँ। बजेटले अन्तशुल्क बढेपछि ग्राहकले यहीँ भएको बाइक खरिद गरे।' अन्तशुल्क बढ्नु अघि ६० लाख रुपैयाँ मूल्य रहेको भिफोर एसको नयाँ मूल्य ९० लाख रुपैयाँ पुगेको राणाले बताए।

'डुकाटीको नेपाली बजार मूल्य महँगोनै हो। डुकाटीका विभिन्न सेग्मेन्टका बाइक वार्षिक २५ वटासम्म बिक्री हुँदै आएका थिए।हामीसँग भएका बाइकहरु प्राय आठ सय सीसी भन्दा माथिकै छन्। बजेटले बढाएको अन्तशूल्कले डुकाटी बाइकको व्यवसाय धरासायी हुने देखिएको छ।' उनले भने।

अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेको उनले बताए। चार सय सीसीको डुकाटी स्ट्राम्ब्लर समेत महँगो भएको छ। उनका अनुसार बजेट अघि १८ लाख रुपैयाँ पर्ने स्ट्राम्ब्लरको नयाँ मूल्य २४ लाख रुपैयाँ पुगेको छ।अन्तशुल्क मात्रै होइन चार सय सीसी माथिका वाइकको सवारी दर्ता शुल्क मात्रै दुर्इ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आठ वर्ष अगाडीदेखि नेपालमा डुकाटी बाइक विक्री गर्दै आएको हो। सुरुवातको पहिलो वर्षमै कम्पनीले २५ वटा मोन्सटर र हाइपरमोटार्ड विक्री गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell