PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

एभरेष्ट फिल्म एकेडेमीको पहिलो दिक्षान्त सम्पन्न

एभरेष्ट फिल्म एकेडेमीको पहिलो दिक्षान्त सम्पन्न

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: फिल्म सम्बन्धि अध्यापन गराउने एभरेष्ट फिल्म एकेडेमीको पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। आइतबार एकेडेमीबाट ५६ विद्यार्थी दिक्षित भए।

संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो। एकेडेमीका संस्थापक सदस्य ज्योत्सल राजभण्डारीले दिक्षान्त कार्यक्रममा पहिलो र दोश्रो वर्षका विद्यार्थीलाई  कार्यक्रममा सम्मान गरेको बताए। उनले एक्टिङ, निर्देशन, सिनिमेटोग्राफी र सम्पादन लगायतका विभिन्न विधाका विद्यार्थी दिक्षित भएको बताए।

दिक्षान्त कार्यक्रममा वर्ष विद्यार्थी पनि घोषणा भयो। दुई वर्षअघि फिल्म क्षेत्रका लागी शिक्षित व्यक्ति उत्पादन गर्ने लक्ष्य बोकेर एकेडेमी स्थापना भएको प्रबन्ध निर्देशक राजेन्द्र शलभले बताए। उनले भने 'हामीले बनाएको विद्यार्थीले फिल्म बनाउँछ। उनीहरु अब आफ्नो बाटो बनाउँछन् भन्ने कुरामा हामी विश्वस्त छन्। हामीले हाम्रा विद्यार्थीलाई फिल्म क्षेत्रमा मिहिनेत गर्नुपर्छ भनेर सिकाएका छौं।'

दिक्षित भएका विद्यार्थीहरु कत्ति अध्ययनका लागी विदेश जाने त कत्ति फिल्म क्षेत्र र टेलिभिजनमा काम गर्नेछन्। एकेडेमीका अध्यक्ष एवंम कलाकार सुनिल थापाले नेपाली फिल्म क्षेत्रको लागी नयाँ सदस्य दिएको बताए। उनले आफु अत्यन्तै उत्साहित भएको बताए।

दिक्षान्त कार्यक्रममा पूर्व प्रधान सेनापती रुक्माङ्गद कटवाल, अभिनेता भुवन केसी, सरोज खनाल, विल्सन विक्रम राई, टिका पहारी, दशरथ गिरी लगायत अन्य उपस्थित थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell