PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विधेयकमाथि छलफल खुला छ तर फिर्ता लिइँदैन- शिक्षामन्त्री पोखरेल



पहिलोपोस्ट

विधेयकमाथि छलफल खुला छ तर फिर्ता लिइँदैन- शिक्षामन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने बताएका छन्। 

उनले कांग्रेसको सहमतिमा विधेयक अगाडि बढाउने बताएपनि संसदमा पेस गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने बताए। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मी माझ उनले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएकोसमेत दाबी गरे। 
‘विधेयकमाथि खुला छलफल र बहसका लागि तयार छौँ, तर विधेयक फिर्ता लिन सकिँदैन,’ उनले भने। मन्त्री पोखरेलले डाक्टर गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको बताए। 
उनले आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई सहयोग गर्न पनि आग्रह गरे। 

माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रूपमा लिन नहुने उनको भनाई थियो। मन्त्री पोखरेलले डाक्टर केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell