PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कहाँ चुक्यो क्रोएसिया जसले विश्वकप जित्‍न वञ्चित गरायो?



कहाँ चुक्यो क्रोएसिया जसले विश्वकप जित्‍न वञ्चित गरायो?

आइतबार राति भएको विश्वकप फाइनल खेलको तथ्याङ्क हेर्ने हो भने क्रोएसियाको पक्षमा ढल्केको देखिन्छ। सटहरु फ्रान्सका ७ थिए भने क्रोएसियाको दोब्बर १४। सट्स अन टार्गेट पनि ४ थियो। बल ६६ प्रतिशत नियन्त्रण थियो। पासहरु पनि फ्रान्सको २८५ को तुलनामा ५२९ थियो। पास एक्युरेसी ८३ प्रतिशत थियो। कर्नरसमेत फ्रान्सको २ हुँदा क्रोएसियाको ६ वटा थियो। 

यो तथ्याङ्कले देखाउँछ पूरै खेलमा क्रोएसियाले फ्रान्सलाई आच्छु आच्छु पारेको थियो। तर कहाँ चुक्यो त क्रोएसिया?

 फुटबलमा जित गोलका कारण हुन्छ र गोल फ्रान्सको पक्षमा थियो। फ्रान्सले ४ गोल हान्दा क्रोएसियाले २ मात्रै फर्काउन सक्यो। 

क्रोएसियालाई पहिलो गोलदेखि नै झट्का लाग्यो।  १८ औँ मिनेटमा मारियो मान्डुकिचले ग्रिजम्यानको फ्रिकिकबाट आएको बललाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टभित्र बल छिर्‍यो। फ्रान्स १, क्रोएसिया ०। खेलको १८ औँ मिनेटमा भएको गोलसँगै फ्रान्सले अग्रता लियो। 

तर त्यसको १० मिनेटमै इभान पेरिसिचले शानदार गोल गरेर खेललाई बराबरीमा ल्याए। फ्रान्स १, क्रोएसिया १। बराबरीमा चलिरहेको थियो खेल। 

क्रोएसियाको अर्को दुर्भाग्य त्यसको १० मिनेटपछि ३८ औँ मिनेटमा भयो। पेनाल्टी बक्समा क्रोएसियाका खेलाडीको हातले बल छोएपछि सुरुमा त रेफ्रीले पेनाल्टी दिएका थिएनन्। तर फ्रान्सका खेलाडीहरुको अपिलपछि भिएआर रिभ्यु गरियो। त्यसमा पेनाल्टी दिने निर्णय भएपछि ग्रिजम्यानले पेनाल्टीमा गोलमा गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलायो। 

मध्यान्तरसम्म खेल २-१ मा टुङ्गियो। 

मध्यान्तरपछि अझै आक्रामक रुपमा देखा परेको क्रोएसियाको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै पल पोग्बाले रिबाउन्डमा गोल गरे। फ्रान्स ३, क्रोएसिया १। 

क्रोएसिया विजय लक्ष्यबाट टाढिँदै गरेको देखिँदा त्यसको ६ मिनेटमा एमबाप्पेले एउटा थप गोल गरी फ्रान्सलाई ४-१ को अग्रता दिलाए। 

यसको चार मिनेटमै मान्डुकिचले फ्रान्सेली गोलकिपर तथा कप्तान लोरिसको सिल्ली मिस्टेकको फाइदा उठाउँदै क्रोएसियाको आशा जगाए। तर बराबरीका लागि मात्रै पनि थप २ गोल गर्नुपर्ने हुनाले क्रोएसियालाई निकै कठिन बन्दै गयो।

अन्ततः त्यही स्कोर नै अन्तिम बन्यो। सन् १९७० पछि फ्रान्स विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो टिम बन्यो। यसअघि ब्राजिलले इटालीलाई ४-१ ले हराएको थियो।  


हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell