PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुटिन–ट्रम्प शिखर वार्ता : चर्चा धेरै अपेक्षा कम, दुबै देशलाई 'ब्रेक थ्रु' हुने अपेक्षा छैन



पुटिन–ट्रम्प शिखर वार्ता : चर्चा धेरै अपेक्षा कम, दुबै देशलाई 'ब्रेक थ्रु' हुने अपेक्षा छैन

काठमाडौं : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो शिखर वार्ता हुँदैछ। शिखर वार्ताका क्रममा ठोस उपलब्धि हुने विषयमा भने दुबै देशका अधिकारीहरु विश्वस्त छैनन्।
 
फिनल्याण्डको राजधानी हेलसिन्की मस्कोको समय अनुसार दिउँसो १ वजे दुबै राष्ट्रपतिबीच शिखर वार्ता हुँदै छ। यो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आफ्नो देशको आन्तरिक राजनीतिमा एउटा सम्भावित 'माइनल्याण्ड'को रुपमा हुने छ। तर त्यही पुटिनका लागि भने यो भुराजनीतिक जित हुने रोयटर्सले जनाएको छ। 

रसियाका लागि पश्चिमाहरुले मस्कोलाई उपेक्षा गर्ने नीति असफल भएको संकेतको रुपमासमेत रहने छ। साथै वासिङटनले मस्कोलाई एउटा शक्ति केन्द्रको रुपमा लिएको छ भन्ने सन्देश पनि यो वार्ताले दिनेछ।

दुबै पक्षले यस वार्ता ठूलो ब्रेकथ्रु हुने कुराको अपेक्षा राखेका छैनन्। तर फिनिस राजधानीमा हुने वार्तामा सम्मानका केही शब्दहरु, चिसिएको अमेरिका–रुस सम्बन्ध सुधारको सहमति तथा आणविक हतियार नियन्त्रण तथा सिरियाली युद्धका मुद्दामा छलफलको सुरुवात हुने अपेक्षा राखिएको छ। 

एक अर्काको नेतृत्व क्षमताका प्रशंसा गर्ने दुई नेताबीच हटाइएका राजदुतावास खोल्ने विषयमा समेत सहमति हुन सक्ने बताइएको छ।

बेलायतमा पूर्व रसियन जासुसको विष खुवाएर हत्याको प्रयास गरिएको भन्दै दुबै देशबीच कुटनीतिक नियोगहरु बन्द तथा राजदुतहरुलाई देश निकाला गर्नेसम्मको विवाद उत्पन्न भएको थियो। 

अमेरिकी राष्ट्रपति स्वयं न्यून अपेक्षासहित हेलसिन्की उत्रिएका छन्। उनले सीबीएस न्यूजसँगको कुराकानीमा उनले भनेका छन्, ‘म न्यून अपेक्षाका सहित जाँदैछु। म कुनै ठूलो अपेक्षा लिएर जाँदै छैन।
 
पत्रकारले वार्ताका उद्देश्यका बारेमा सोधेको प्रश्नमा भने उनले कुटनीतिक जवाफ दिएका छन्। ‘म वाचा गर्छु कि मैले वार्तापछि सबै कुराको जानकारी दिनेछु। विश्वका नेताहरुबीचको वार्ताका क्रममा कुनै नकरात्मक कुराहरु आउँदैनन्।’ 

उनले भेट गर्नु वार्ता गर्नु राम्रो कुरा भएको भन्दै अगाडि भने, ‘म वार्तामा विश्वास गर्छु। अध्यक्ष किमसँगको भेट गर्नुपनि राम्रो कुरा थियो। चीनका राष्ट्रपतिसँगको भेट पनि राम्रो थियो। म विश्वास गर्छुकी यो साँच्चिकै राम्रो कुरा हो। रसिया उत्तर कोरिया, चीनसँग वार्तामा म विश्वास गर्छु। केही नराम्रो परिणामहरु आउने छैनन्। केही राम्रा परिणाम आउन सक्छन्।’ 

ट्रम्पको यो भनाई आउन अगाडि उनका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले रुसी राष्ट्रपति पुटिनलाई विस्वास गर्न गाह्रो हुने बताएका छन्। एबीसीको ‘दिस वीक’ कार्यक्रममा अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन्। साथै उनले अमेरिका कुनै ठोस उपलब्धि हुनेछ भनेर नहेरको समेत बताएका छन्। उनको अन्तर्वार्ता सम्बन्धि रिपोर्टमा रोयर्टसले वार्ता कुनै संरचनागत रुपमा अगाडि नबढ्ने जनाएको छ। 

दुई नेताबीचको वान अन वान वार्तापछि मात्र दुई पक्षाबीच के सहमति हुने भन्ने खुल्ने बोल्टनले बताएका छन्। 

वार्ता प्रति रुसले पनि ठोस अपेक्षा नलिएको जनाएको छ। वार्ताको केही समय अगाडि क्रेमलिनका प्रवक्ताले रुसी टेलिभिजन च्यानल आरटीसँग विशेष अन्तर्वार्ता दिँदै ठोस उपलब्धि हुने कुरामा आशंका व्यक्त गरेका हुन्।

अन्तर्वार्ताका क्रममा उनले अमेरिकी राष्ट्रपतिको ‘विवादस्पद’ ‘अमेरिका फस्ट’को नारालाई लक्षित गर्दै आर्काको सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन्। ‘कुनै देशका राष्ट्रप्रमुखले अर्को देशको समकक्षीसँग छलफल गर्दा त्यो देशको राष्ट्रिय स्वार्थको ख्याल राख्नुपर्छ। र हाम्रा राष्ट्रपति काफि संवेदनशील, व्यवहारिक हुनुहुन्छ। उहाँले रुसको राष्ट्रिय स्वार्थलाई सँधै ख्याल गर्नुहुन्छ।’ 

वार्ताले ठूलो उपलब्धि नभए पनि दुई देशबीचको सम्बन्धलाई सहज बनाउने वातावरण तयार गर्न सक्ने बताएका छन्। ‘अहिलेको परिस्थितिमा हाम्रो सम्बन्धलाई सुधार गर्नका लागि यो सुरुवाती कदम हुन सक्ने अपेक्षा लिएका छौँ,’ उनले भनेका छन्। 

रसियाका परराष्ट्रमन्त्री सेर्जेइ लाम्रोभले समेत वार्ता प्रति कम अपेक्षा राखेको प्रतिक्रिया दिएका छन्। उनले वार्तामा सीमा क्षेत्रमा सञ्चारका लाइनहरु खोल्ने सहमति भयो भने सफल भएको मान्न सकिने बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell