PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जबर्जस्ती करणीमा फरार अभियुक्त युएईबाट नेपाल ल्याइयो



जबर्जस्ती करणीमा फरार अभियुक्त युएईबाट नेपाल ल्याइयो

काठमाडौं: जबर्जस्ती करणीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले संयुक्त अरब इमिरेट्समा पक्राउ गरी स्वदेश ल्याइएको छ।
 
इन्टरपोल प्रहरीको सहयोगमा सिन्धुली मरिणठाकुर गाउँपालिका ४ का सिंहलाल थिङलाई आइतवार नेपाल ल्याइएको हो। थिङले २०७४ असोज २२ गते २५ वर्षीय युवतीलाई विदेशबाट सामान ल्याएको भन्दै होटेलमा बोलाएर डर त्रास देखाएर जवर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय  बर्दिवासमा उजुरी परेको थियो।

प्रहरीले थिङ विदेशमा भएको हुनसक्ने भएको भन्दै गत पुस २६ गते डिफ्युजन नोटिस जारी गरेको थियो। थिङलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय  बर्दिवासमा पठाइसकेको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell