PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टिजरमा हेर्नुस् 'बाँध मायाले'



पहिलोपोस्ट

टिजरमा हेर्नुस्  'बाँध मायाले'

काठमाडौँ:  फिल्म 'बाँध मायाले'को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्म प्रदर्शन मिति नजिकिंदै जाँदा युट्यूब मार्फत टिजर सार्वजनिक गरेको हो।

टिजरमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचर्ड छन्। लभ स्टोरीमा आधारित फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्म भने असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ फिल्मका निर्माता हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्वन्द रहेको छ। फिल्ममा आर्यन र सृष्टिसँगै राजारामपौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell