PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतबाट हतियार किनेर नेपालमा आपूर्ति गर्ने व्यक्ति पक्राउ



भारतबाट हतियार किनेर नेपालमा आपूर्ति गर्ने व्यक्ति पक्राउ

काठमाडौँ : प्रहरीले दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ  गरेको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सोमबार नखिपोटमा एक जनालाई नियन्त्रणमा लिएको हो महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। 

रोशन लिम्बुको साथबाट प्रहरीले दुई थान पेस्तोल र ५६ राउण्ड गोली समेत बरामद गरेको छ। लिम्बुले भारतबाट सस्तोमा हतियार किनेर नेपालमा आपूर्ति गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी सिंहको भनाइ छ।


आइतबार मात्र ललितपुरको नख्खिपोटबाट तीन जनालाई  काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको थियो।

रामेछापका कृष्णबहादुर जोगी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल पौडेललाई नियन्त्रणमा लिएको हो।

ललितपुर प्रहरीले सोमवार पत्रकार सम्मेलन गरि घटना सार्वजिक गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell