PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘फुटबलरको समर्पण फुटबलरलाई’ स्मारिका विमोचन, नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेलेका सबै फुटबलर एकै ठाउँमा भेला

‘फुटबलरको समर्पण फुटबलरलाई’ स्मारिका विमोचन, नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेलेका सबै फुटबलर एकै ठाउँमा भेला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालको लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका अहिलेसम्मको पुरुष र महिला टोलीको खेलाडीलाई समेट्दै स्मारिका विमोचन भएको छ।

उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले सोमवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्बलमा आयोजिक कार्यक्रममा ‘फुटबलरको समर्पण फुटबलरलाई' भन्ने स्मारिका विमोचन गरेका हुन्।

फुटबलर्स मिशन टुगेरदर (एफएमटी) नामक संस्थाको स्मारिका प्रकाशन गरेको हो।

स्मारिकामा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका अहिलेसम्मका महिला र पुरुष खेलाडीको तस्बिरसहित विवरण, नेपालले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियवगिताको नाम र पुराना खेलाडीहरुको अनुभव समेटिएको छ। यस्तै नेपाली टोलीको पुराना तस्बिरहरु पनि समावेश गरिएको छ।

नेपाली फुटबलको इतिहासमै नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेलेका पुराना र नयाँ सबै खेलाडीलाई एकै स्थानमा उपस्थित गराएर एफएमटीले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको छ।  

जहाँ नेपालको लागि खेलेका पहिलो कप्तान देखि वर्तमान राष्ट्रिय महिला तथा पुरुष टोलीसम्मका खेलाडी थिए। कदरपत्रबाट सम्मानित हुने पुरुष खेलाडीमा राज बहादुर सिंह, कोमल पाण्डे, ज्ञान बहादुर धाक्वा, अच्युत कृष्ण खरेल, बाबु राम पुन, विष्णु गोपाल श्रेष्ठ, लक्ष्मण क्षेत्री, नरेन्द्र मान सिंह श्रेष्ठ लगायत छन्।

एफएमटीले नेपालको लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका पहिलो पुस्ताका महिला र पुरुष खेलाडीलाई कदरपत्रसहित सम्मान गरेको छ। वर्तमान राष्ट्रिय टोलीलाई पनि आगामी एसियन गेम्स र साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफलता शुभकामना दिएको छ।

यसैगरी नेपालको लागि खेलेर दिवंगत भएका खेलाडी अनी प्रशिक्षक तथा रेफ्रीको परिवारलाई पनि सम्मान गरियो।



ट्रेन्डिङ पोस्ट

Ncell