PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धरानका मेयर तारा सुब्बाको निधन, भारतमा भएको थियो मृगौला प्रत्यारोपण



धरानका मेयर तारा सुब्बाको निधन, भारतमा भएको थियो मृगौला प्रत्यारोपण

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ। मृगौलामा खराबी देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका मेयर सुब्बाको आज बिहान ११ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ।

मृगौला प्रत्यारोपण गरेका सुब्बामा निमोनिया देखिएको थियो। ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा केही दिन भर्ना भएर उपचार गराएका उनलाई पछि ग्रान्डी लगिएको थियो। अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार निदानबाट एक हप्ताअघि ग्रान्डी अस्पतालमा रिफर गरिएको हो।

उनी एमालेबाट मेयरमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell