PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमबाप्पेले गरे विश्वकपमा पाउने सबै रकम च्यारिटीमा दिने घोषणा



एमबाप्पेले गरे विश्वकपमा पाउने सबै रकम च्यारिटीमा दिने घोषणा
फोटो: REUTERS

रसिया विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका फ्रान्सेली फुटबलर किलिएन एमबाप्पेले विश्वकपमा आफूले पाएको पुरस्कारको सबै रकम च्यारिटीलार्इ दिने भएका छन्।

एम्बाप्पेले विश्वकपबाट आर्जन गरेको सबै रकम प्रिमियर्स डी कोर्डी भन्ने संस्थालार्इ दिने लि इक्विपले जनाएको छ। सो संस्थाले अस्पतालमा भर्ना भएका र अपाङग बालबालिकाहरुलार्इ खेलकुदको प्रशिक्षण दिने गर्दछ। एम्बाप्पेले २०१७ देखि सो संस्थालार्इ सहयोग गर्दै आएका छन्।

स्पोर्टस इल्लुस्ट्रेटडका अनुसार एम्बाप्पेले रसियामा एक खेलबाट लगभग २२,५०० डलर भन्दा बढी डलर पाउनेछन्। यस्तै फ्रान्सले विश्वकपमा विजय हासिल गरेकोमा थप ३ लाख ५० हजारभन्दा बढी डलर बोनसका रुपमा पाउनेछन्। यी सबै रकम उनले च्यारिटीलार्इ दिने भएका हुन्।

प्रिमियरस् डी कोर्डीका प्रबन्ध निर्देशक सेबेस्टियन रुफ्फिनले एमबाप्पे एक महान् मानिस भएको र उनी समय मिलेसम्म संस्थामा आएर बालबालिकाहरु सँग धेरै राम्रो सम्बन्ध बनाएको बताए। बालबालिकाहरु खेल्दै आफैमा रमाएको भन्दा एम्बाप्पे उनीहरुलार्इ धेरै रमाउने गरेको रुफ्फिनले बताए। 

१९ वर्षे एमबाप्पेले रसियामा ७ खेल खेल्दै ४ गोल गरि आफ्नो राष्ट्रलार्इ विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। ब्राजिलियन फुटबल लेजेन्ड पेले पश्चात विश्वकपमा गोल गर्ने कान्छा खेलाडी एम्बाप्पेले सानै उमेरमा हासिल गरको सफलताको धेरैले प्रशंसा गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell