PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

देशलाई मायालु बनाएर नाचेकी छु : रेखा थापा



पहिलोपोस्ट

देशलाई मायालु बनाएर नाचेकी छु : रेखा थापा

काठमाण्डौं :  फिल्म 'मालिका'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। नर कार्कीको शब्द, सुरेश अधिकारीको संगीत, गायिका अन्जु पन्तको स्वरमा 'हल्का माया के माया' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतमा अभिनेत्री रेखा थापासँगै गीतमा जाजरकोटकी महिलाहरु कोरसमा फिचर्ड छन्। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। गीतले नेपाली सँस्कृति झल्काउने प्रयास गरेको छ।

जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भएको हो। फिल्मकी निर्मात्री समेत रहेकी रेखाले यस गीतले मेची, कोशी, हिमाल, पहाड, तराईलाई जोड्ने बताइन्। हिजोका दिनमा 'सिम्पल सिम्पल कान्छी' जस्ता गीतमा फिचर्ड भए पनि देशको मायामा नाचेको यो पहिलो गीत रहेको बताइन्। उनले भनिन् 'यो गीतमा देशलाई मायालु बनाएर नाचेकी छु।'

उनले फिल्मले राष्ट्रको पहिचान बोक्ने बताइन्। फिल्ममा चौध वर्षीया कमला ओली मुख्य भूमिकामा देखिँदै छिन्। फिल्म भने आगामी कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell