PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेसले सरकारविरुद्ध साउन १५ मा देशभरका सदरमुकाममा प्रदर्शन गर्ने



कांग्रेसले सरकारविरुद्ध साउन १५ मा देशभरका सदरमुकाममा प्रदर्शन गर्ने

काठमाडौं: नेपाली कांग्रेसले सरकार मनोमानी ढंगले अघि बढेको आरोप लगाउँदै देशभर प्रदर्शन गर्ने जनाएको छ। आज महामन्त्री शशांक कोइरालाले विज्ञप्ति जारी गर्दै देशभर प्रदर्शन गर्ने जनाएका हुन्।

कानुनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगले चलेको आरोप लगाउँदै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनाएको छ। 'संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट संचालन गर्न उद्दत छन्,' विज्ञप्तिमा भनिएको छ, ' केन्द्र एवं प्रदेश सरकारमा भएकाहरुको अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध आगामी श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्न जिल्ला समितिहरुलाई निर्देश गर्दै जिल्लाका भातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँ÷नगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पुर्‍याउँदै उक्त विरोध प्रर्दशनमा सहभागी गराउन समेत नेपाली कांग्रेसले निर्देश गरेको छ।'

यसैगरी कांग्रेसले सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने भएपनि संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा कांग्रेसले नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला गरिएका नियुक्तिहरुलाई खारेज गरिएकोमा आपत्ति जनाउँदै उक्त  सरकारले उल्ट्याएकोमा विरोध जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell