PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेसका भ्रातृ संस्थाहरुका सरकारविरोधी प्रदर्शनका थप कार्यक्रम सार्वजनिक



कांग्रेसका भ्रातृ संस्थाहरुका सरकारविरोधी प्रदर्शनका थप कार्यक्रम सार्वजनिक

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकार विरोधी प्रदर्शनका थप कार्यक्रम सार्वजनिक गरेको छ। 

आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ कार्यक्रम

साउन ३ गते — प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

साउन ५ गते — नेपाल तरुण दलको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

साउन ८ गते — नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell