PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारविरोधीमाथि प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

सरकारविरोधीमाथि प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन्। 

आज पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएका आरोप लगाए।

‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ।’

सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुने बताउँदै ओलीले भने, ‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ। जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन।’

अन्य सरकारको भन्दा यस सरकारको उद्देश्य फरक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए।

दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

‘चुनावभन्दाअघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत गर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell