PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युरोप टुरका लागि नेपाली क्रिकेट टोली घोषणा, ३ वर्षपछि सुवास खकुरेलको पुनरागमन



पहिलोपोस्ट

युरोप टुरका लागि नेपाली क्रिकेट टोली घोषणा, ३ वर्षपछि सुवास खकुरेलको पुनरागमन

काठमाडौँ : एमसीसी र नेदरल्याण्ड्स टुर-२०१८ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरलले ३ वर्षपछि पुनरागमन गरेका छन्। यस्तै विनोद भण्डारी र प्रदिप ऐरी वैकल्पिक सूचीमा परेका छन्।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय टिम छनोट गरेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

चोर्ट र फर्मले सताएपछि २०१५ यता राष्ट्रिय टिममा नरहेका सुवास खकुरेल गत जेठमा भएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरुप ३ वर्षपछि खकुरेल राष्ट्रिय टिममा फर्केका हुन्। पहिलो पटक राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका हरी क्षत्री भने अन्तिम टोलीमा अटाएनन्।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनी विरुद्ध भएको खेल नै राष्ट्रिय टिमका लागि सुवासको पछिल्लो खेल थियो।

नेपालले यही जुलाई २९ मा इंग्ल्याण्डको लर्ड्मा एमसीसी र नेदरल्याण्ड्स सम्मिलित ट्राई टी-२० सिरिज खेल्नेछन्।

यस्तै अगस्ट १ र ३ मा नेदरल्यण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल सिरिज खेल्नेछ। नेपाली टोली बिहीवार इंग्ल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ।


नेपाली टोली

पारस खड्का (कप्तान)

अनिलकुमार साह

बसन्त रेग्मी

दीपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

करण केसी

ललित भण्डारी

ललित राजवंशी

आरिफ शेख

रोहितकुमार पौडेल

सन्दीप लामिछाने

शक्तिप्रसाद गौचन

शरद भेषवाकर

सोमपाल कामी

सुवास खकुरेल

 

वैकल्पिक खेलाडी

विनोद भण्डारी

प्रदीप ऐरी

सुनील धमला

सुसन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell