PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुफाबाट उद्धार गरिएका १२ बालक आज घर फर्किँदै



पहिलोपोस्ट

गुफाबाट उद्धार गरिएका १२ बालक आज घर फर्किँदै
फोटो : रोयटर्स

बैंकक : थाइल्यान्डको चियाङ राइमा रहेको थाम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक आज घर फर्किने भएका छन्। गत हप्ता उद्धार गरिएका सबैलार्इ चियाङ राइ अस्पतालमा उपचारका लागि राखिएको थियो। २३ जुनमा गुफामा घुम्न गएका उनीहरु दुर्इ हप्ता भन्दा बढी समय गुफामा थुनिएका थिए।

घर फर्कनु अघि उनीहरु पत्रकार सम्मेलनमा सहभागी हुने र त्यो घटनाका विषयमा बोल्ने बताइएको छ। केही दिन अघि मात्र उनीहरुलार्इ बिहीवार घर फर्काइने र मिडियासँग पनि टाढा रहन सुझाव दिइएको थाइल्यान्डका जन स्वास्थ्य मन्त्री पियासाकोइ सकोलसत्तयटोनले जानकारी दिएका थिए। 

अहिले उनीहरुको अवस्था राम्रो भएको र उनीहरुले सञ्चारमाध्यमलाई आफूहरु लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन चाहेकाले चिकित्सकहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ। 

थाइल्यान्ड सरकारका मुख्य प्रवक्ता सनस्रेन कइउकोमनर्डले भने, 'आज साँझ पत्रकार सम्मेलन गर्नुको कारण मिडियाले उनीहरुलार्इ प्रश्न सोध्न सकुन र त्यसपछि आफ्नो सामान्य जीवन बिताउने क्रममा मिडियाबाट उनीहरुलार्इ तनाव नहोस् भनेर हो।'

यस्तै, चियाङ राइका प्रान्तका गभर्नर प्राचोन प्रतसुकनले यो नै ती बालकहरुको एक मात्र अन्तरवार्ता हुने र घर फर्केपछि सञ्चार माध्यमसँग कुनै कुरा नहुने बताए। 

पत्रकारहरुले सोध्ने प्रश्नहरु पहिला नै लिइएको छ र ती प्रश्नहरुले बालकहरुलार्इ असर नपुगोस् भनी बाल मनोचिकित्सकलार्इ देखाइएको बताइएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell