PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारको उपहार : महँगीले छोप्दैछ बजार



पहिलोपोस्ट

सरकारको उपहार  : महँगीले छोप्दैछ बजार

काठमाडौं : बजेटबाट राजस्वको दर हेरफेर हुँदा खाद्य वस्तुको मूल्य बढेको छ। कृषिजन्य वस्तुमा दिँदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) फिर्ता हटाउने र केही खाद्य वस्तुमा अन्तशुल्क लगाउने निर्णयले मूल्य बढेको हो। अहिले बजारमा खाने तेल र ड्राइफूडको मूल्य बढिसकेको छ। खाने तेल प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म महँगिएको छ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘चामल, मैदा, पिठो, मसला, चिप्स लगायत सबै वस्तुको थोक मूल्य वृद्धि भए पनि उपभोक्ता मूल्य भने वृद्धि गरिएको छैन।’

थोक बजारमा सबै सामानको मूल्य बढे पनि खुद्रा बजारमा भने अहिले तेल र चाउचाउको मात्रै मूल्य वृद्धि गरिएको छ। चाउचाउ प्रतिप्याकेट १५ र १७ रुपैयाँमा बेच्दै आएकोमा अहिले २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ। अब साउनदेखि आयातित सामानको मूल्य झनै बढ्ने बज्राचार्यले बताए।

बजेट अघि ४० रुपैयाँ पर्ने तरकारी मसलाको मूल्य अब ५० रुपैयाँ पुगेको उनले बताए। २० रुपैयाँ पर्दै आएको लुगाधुने सावुनको मूल्य ३० रुपैयाँ पुगेको छ। दाल, चामल, मैदा ललगायतका खाद्य वस्तुमा पनि प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म मूल्य बढेको बज्राचार्यले बताए। विदेशबाट आयात हुने कतिपय वस्तु बजारमा नआइसकेकोले मूल्य यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell