PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भोली युरोप टुरमा जाँदै नेपाली क्रिकेट टोली : लर्ड्समा खेल्नुअघि ४ अभ्यास खेल खेल्ने, यस्तो छ खेल तालिका



पहिलोपोस्ट

भोली युरोप टुरमा जाँदै नेपाली क्रिकेट टोली : लर्ड्समा खेल्नुअघि  ४ अभ्यास खेल खेल्ने, यस्तो छ खेल तालिका

काठमाडौं : वान डे इन्टरनेशनलको स्ट्याटस पाएपछि नेपाल पहिलो ओडिबाई क्रिकेट म्याच खेल्न बिहीवार युरोप भ्रमणमा निस्कँदैछ।

आगामी अगस्ट १ र ३ मा नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई सिरिज खेल्दैछ। त्यसअघि नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्सँग ट्राई सिरिज टी-२० क्रिकेट खेल्नेछ। नेपाल र नेदरल्याण्ड्सबीचको खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ।

युरोप जाने नेपाली टोलीलाई बुधवार खेलकुदमन्त्री जगत सुनार विकले बिदाई गरे।

नेपाली टोली भोली लण्डन प्रस्थान गर्नेछ। लण्डनमा रहँदा नेपालले ४ अभ्यास खेल समेत खेल्नेछ। यस्तै जुलाई २९ मा हुने एकदिने ट्राईसिरिजमा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्नेछ।

 

यस्तो छ नेपालको युरोप टुरको खेल तालिका

अभ्यास खेल

नेपाल भर्सेस हग (५० ओभर खेल) : जुलाई २१

नेपाल भर्सेस सेन्ट क्रस (२० ओभर खेल) : जुलाई २३

नेपाल भर्सेस इसट लण्ड-११ (५० ओभर खेल) : जुलाई २५

नेपाल भर्सेस इस्ट लण्डन शार्क (२० ओभर खेल) : जुलाई २६

 

एमसीसी ट्राई सिरिज, लर्ड्स ग्राउण्ड

नेपाल, एमसीसी र नेदरल्याण्ड्स : जुलाई २९

 

फस्ट ओडिआई सिरिज

फस्ट ओडिआई : नेपाल भर्सेस नेदरल्याण्ड्स, आम्सटलभिन ग्राउण्ड : अगस्ट १

सेकेण्ड ओडिआई : नेपाल भर्सेस नेदरल्याण्ड्स, आम्सटलभिन ग्राउण्ड : अगस्ट ३


युरोप टुर जाने नेपाली टोली

पारस खड्का (कप्तान)

अनिलकुमार साह

बसन्त रेग्मी

दीपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

करण केसी

ललित भण्डारी

ललित राजवंशी

आरिफ शेख

रोहितकुमार पौडेल

सन्दीप लामिछाने

शक्तिप्रसाद गौचन

शरद भेषवाकर

सोमपाल कामी

सुवास खकुरेल

म्यानेजर/टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
प्रशिक्षक : जगत टमाटा
फिजियो : दिनेश भट्ट
ट्रेनर : सुवास पात्रो
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell