PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाबुको आत्महत्या, आमाले छाडिन्, विदेशमा गएका नेपालीले गरे विचल्लित बालबालिकालाई सहयोग



बाबुको आत्महत्या, आमाले छाडिन्, विदेशमा गएका नेपालीले गरे विचल्लित बालबालिकालाई सहयोग

अर्घाखाँची :  पौदी सेभ सोसाइटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर १, मरेङ सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ। बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गए पछि उनीहरू बिचल्लीमा  परेका थिए।

बाललबालिकाको बिचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भूमिमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेका थिए।

सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफूहरूले सहयोग गरेको बताएको छ। त्यस्तै, संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पूर्णलाई धन्यवाद  दिए। हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुंगा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रीय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो।  

यस संस्थाले यस भन्दा पहिले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो।  पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भूमिमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिब र अशक्त नेपालीलाई आफ्नो कमाइबाट केही रकम सहयोग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell