PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यातायातमा चीनको अर्को फड्कोः ७५० माइल प्रतिघण्टाको गतिको हाइपरलुप ट्र्याक बन्ने 



यातायातमा चीनको अर्को फड्कोः ७५० माइल प्रतिघण्टाको गतिको हाइपरलुप ट्र्याक बन्ने 

काठमाडौं : चीनको गोन्जाओ प्रान्तको सरकार र अमेरिकाको क्यालिफोर्निया मुख्यालय भएको हाइपरलुप टेक्नोलोजी (एचटीटी) बीच चीनमा पहिलो हाइपरलुप ट्र्याक बनाउने सम्झौता भएको छ। 

एचटीटी र चीन सरकारको लगानी गरेको टोंग्रेन ट्रान्पोटेसन टुरिजम इन्भेस्टमेन्ट ग्रुपबीच संयुक्त लगानीमा ट्र्याक निर्माण तथा अध्ययनका लागि समझदारी पत्रमामा हस्ताक्षर भएको एचटीटीले घोषणा गरेको छ। 

एचटीटीका कार्यकारी निर्देशक डिरिक अलबोर्नले यस क्षेत्रमा पर्यटकलाई आर्कषित गर्ने गरी पहिलो व्यवसायिक लाइन निर्माण गर्ने योजना बनाएको बताएको सीएनबीसीले जनाएका छन्।
 
‘मैले सोचिरहेको छ हामी यस दिसामा चीनसँग सहकार्य गर्दै छिट्टो गतिमा अगाडि बढ्ने छौँ। यहाँको स्थानीय सरकारले यसलाई अगाडि बढाउन साँच्चिकै इच्छा देखाएको छ,’ उनले भनेका छन्। 

हाइपरलुप ट्र्याकको निर्माण यस वर्षको अन्त्य तथा अर्को वर्षको सुरुमा थालिने बताएका छन्। एचटीटीले अबुधावी र युक्रेनमासमेत व्यवसायिक सम्झौता गरिसकेको छ। 

अलवोर्नको कम्पनी हाइपरलुप, तिब्र गतिको प्रविधि तथा सुपर फास्ट ट्रान्सपोटेसनको निर्माण गर्ने एक कम्पनी हो। हाइपरलुप प्रविधि चुम्बकीय प्रयोगबाट ट्युवको सहायताले प्रतिघण्टा ७५० माइलको तीब्र गतिमा यात्रा गर्न मिल्ने साधन हो।

चीनसँगको सम्झौतामा एचटीटीले प्रविधि इञ्जिनियरिङ विज्ञ, आवश्यक इक्युप्मेन्ट उपलब्ध गराउने छ भने टोंग्रेनले आवश्यक सर्टिफिकेसन, नियमन तथा निर्माण सम्बन्धी कामहरु ज्वाइन्ट भेन्चरको रुपमा काम गर्नेछन्। 

भेन्चर पब्लिक प्राइभेट पार्टनरसीपको रुपमा रहनेछ। यसमा ५० प्रतिशत लगानी प्रत्यक्षरुपमा टोंग्रेनबाट आउने छ। जोइन्ट भेन्चरले १० किलोमिटर लामो ट्र्याक गोञ्जाओको टोंग्रेनमा पहिलो चरणमा निर्माण गर्ने छन्। 

चीनले यसअघि नै विश्वकै सबैभन्दा लामो हाइस्पिड रेल लाईन सञ्चालन गरिसकेको छ। अब चीन सुपरसोनिक यातायातको सञ्जाल विस्तारका लागि अगाडि बढेको छ। 

चीनको सरकारी लगानी भएको एरोस्पेटस साइन्स एण्ड इन्डस्ट्री कोअर्पेशनले एक हजार किलोमिटर प्रतिघण्टाका कुद्न सक्ने रेल निर्माणमा काम गरिरहेको छ भने ४ हजार किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने रेल निर्माणको अध्ययन गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell