PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टिचिङ टू बालुवाटार मार्चमा विद्यार्थी डाक्टर, प्रहरीले रोक्दा स्थिति तनावपूर्ण

टिचिङ टू बालुवाटार मार्चमा विद्यार्थी डाक्टर, प्रहरीले रोक्दा स्थिति तनावपूर्ण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्दा पनि सरकारले माग पूरा नगरेको भन्दै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्।

शिक्षण अस्पतालदेखि विभिन्न नारा लगाउँदै बालुवाटारसम्म जाने भनिएको उनीहरुको र्‍यालीलाई शिक्षण अस्पताको गेटमा नै सुरक्षाकर्मीले रोकेका छन्। प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थीहरुले चर्का नारावाजी गरेका थिए। 

उनीहरुले जुलुसमा डाक्टर केसीको प्रतीकात्मक स्वरुपलाई बोकेर मलामी झै हिँडेका थिए। उनीहरु अगाडि बढ्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ। ३६ जनाभन्दा बढी विद्यार्थी डाक्टरहरु पक्राउ परेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell