PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

७ महिनाकी जापानी बालिका भाइरल हुँदै



पहिलोपोस्ट

७ महिनाकी जापानी बालिका भाइरल हुँदै

शिशु जन्मदा खासै उनीहरुको कपाल पलाएको हुँदैन। तर, जापानमा एक जना बालिका छिन् जसको जन्म हुँदा नै टाउकोमा बाक्लो कपाल थियो। उनी हुन् २०१७ डिसेम्बर मा जन्मिएकी च्याङको। 

७ महिनाकी च्याङको अहिले आफ्नो सुन्दर र बाक्लो कपालका कारण सामाजिक संजालमा भाइरल भएकी छिन्। उनको कपालको धेरैले प्रशंसा गरेका छन्। उनको कपालको तारिफ गर्दै ह्यासट्याग हेयरगोल अहिले ट्रेन्डिङमा रहेको छ। 

च्याङकोका परिवारले इन्स्ट्राग्राममा हेयर डायरी भन्दै उनको तस्विरहरु सार्वजनिक गरेका थिए। त्यसलगतै सामाजिक संजालमा उनको चर्चा शिखरमा पुग्यो। च्याङकोको तस्विरमा प्रतिक्रिया जनाउँदै धेरैले उनको जस्तो राम्रो र बाक्लो कपाल आजसम्म अरुको नदेखेको बताएका छन्। 
च्याङकोकी आमा मामीले हफिङपोस्टसँगको कुरामा भनिन्, 'उनी धेरै कपालका साथ जन्मेकी हुन्। रमाइलो हुने भएकाले हामीले उनको तस्विर सुरक्षित गर्न चाह्यौं।'

आफ्नी छोरीको कपालप्रति आएका सकारात्मक प्रतिक्रियाले आफूहरु अत्यन्त आश्चर्यमा परेको तर अरुहरुलार्इ खुशी देख्दा आफ्नो परिवार पनि हर्षित भएको मामीले बताएकी छिन्। 

हर्मोनका कारण केही बच्चाहरु कपाल सहित जन्मने चिकित्सकहरुले बताएका छन्। तर, केही हप्तामा नै उनीहरुको कपाल झर्ने भए पनि च्याङकोको कपाल बने झन सुन्दर र बाक्लो हुँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell