PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


ग्लोबल साइबर सेक्युरिटी समिट-२०१८’ सुरु, प्रि-समिट वर्कसप सम्पन्न


पहिलोपोस्ट

ग्लोबल साइबर सेक्युरिटी समिट-२०१८’ सुरु, प्रि-समिट वर्कसप सम्पन्न

काठमाडौं : इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)को आयोजनामा नेपालमै पहिलोपटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट-२०१८’ शुक्रवारबाट सुरु भएको छ। समिटको पहिलो दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्रि–समिट वर्कसप आयोजना गरिएको छ।

वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए।

यो अवसरमा सिस्को, इसी काउन्सिल, चेक प्वइन्ट सफ्टवेयर टेक्नोलोजिज, लग प्वइन्ट, पेनटेस्टर कम्युनिटी, वाप्स कम्युनिटी, लावा लगायतका संस्थाहरुबाट विज्ञहरुको उपस्थिति रहेको थियो। यस्तै शिक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, सूचना तथा प्रविधि विभाग, नेपाल टेलिकम, राष्ट्रिय सुचना प्रविधि केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै विभिन्न शैक्षिक संस्थाहरुको तर्फबाट सहभागीता रहेको थियो।

यो अवसरमा ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा ह्याकाथन आयोजना गरी उत्कृष्ट सहभागीहरुलाई पुरस्कृत गरियो। साइबर सुरक्षामा देखापरेका चुनौती र यसबाट बच्ने उपायका विषयमा सहभागीलाई विभिन्न सुरक्षा संयन्त्र प्रयोगका व्यवहारिक ज्ञान र सिप प्रदान गर्नु कार्यक्रमको उद्देश्य थियव।

यसैबीच कार्यक्रमको दोस्रो दिन शनिवार होटल र्‍याडिसनमा ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना हुनेछ। सो समिटमा देश विदेशका साइबर विज्ञ तथा जानकारहरुको सहभागिता रहनेछ।



ग्लोबल साइबर सेक्युरिटी समिट-२०१८’ सुरु, प्रि-समिट वर्कसप सम्पन्न को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट