PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न नेपाल तयार, हेर्नुस् १२ फोटोमा

लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न नेपाल तयार, हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : होम अफ क्रिकेट मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतवार हुने टी-२० ट्राई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तयार भएको छ।

नेपालले लर्ड्समा माहेला जयवर्दनेको कप्तानीमा रहेको एमसीसीसँग पहिलो खेल खेल्नेछ। यस्तै टी-२० अन्तर्राष्ट्रियको मान्यता पाउने खेलमा पिटर सिलरको कप्तानीमा रहेको नेदरल्याण्ड्ससँग आइतवार राती खेल्नेछ।

खेल तालिका स्थानिय समयअनुसार

एमसीसी र नेदरल्याण्ड्ससँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिवार लर्ड्समा अन्तिम तयारी गरेको छ।

फोटो : रमन शिवाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell