PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आज बाघ दिवस : किन झुक्किन्छन् बाघ र चितुवामा मानिस?



आज बाघ दिवस : किन झुक्किन्छन् बाघ र चितुवामा मानिस?

  • राजु आचार्य -
सन् २०१० देखि सुरु भएको विश्व बाघ दिवस  आज (जुलाई २९) नेपालले पनि मनाउँदैछ।  सन् २०१३ को गणना अनुसार नेपालमा जम्मा बाघको सङ्ख्या १९८ थियो जुन २०१८को  गणनामा २०० कट्ने सरकारले  प्रक्षेपण गरेको छ। तर सरकारले १९८ मात्रै बाघ भने पनि नेपालको मिडिया तथा सर्वसाधारणको अनुमान हेर्ने हो भने नेपालमा सयौँको सङ्ख्यामा हिमालदेखि तराईसम्म बाघ पाइन्छन्। हो, तपाईँले ठीक सुन्नुभयो, नेपालका मिडियाले चितुवा, हुँडार, हिउँ चितुवा लगायतका वन्यजन्तुहरूलाई बाघ भनेर समाचार सम्प्रेषण गरी रहन्छन्। 

बाघ र चितुवालाई छुट्याउन अरू साना स्तनधारी भन्दा सजिलो पनि छ। तैपनि किन यस्तो लेख्छन् त? वरिष्ठ वन्यजन्तुविज्ञ प्राध्यापक करनबहादुर साह भन्छन् 'यसमा पत्रकारको मात्रै दोष छैन।  गाउँघरतिर त चितुवालाई बाघ नै भनिन्छ।  सबैले भनेको कुरा लेखेका त हुन्।' 

उनी थप्छन् 'बाघ र चितुवा फरक हुन्। पत्रकारहरूले छुट्ट्याउनु पर्ने हो। अरू स-साना वन्यजन्तु जस्तो छुट्ट्याउन गाह्रो पनि छैन।‘

अनुसन्धान र संरक्षणका कामहरु गर्दा यस्ता जानकारीहरुको कारणले अर्थको अनर्थ पनि लाग्न सक्छ। आउनुहोस् चितुवा र बाघमा के फरक छ हेरौं।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell