PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोबाइल हरायो? अनलाइन आवेदन दिनुस् एक सातामा पत्ता लगाउनेछ प्राधिकरणले



मोबाइल हरायो? अनलाइन आवेदन दिनुस् एक सातामा पत्ता लगाउनेछ प्राधिकरणले

काठमाडौं: नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको छ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी 'आइएमइआइ' दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले गत फागुनदेखि अनलाइन सेवा सुरु गरेको हो। 'आजभोलि मोबाइल हराउने समस्या बढ्दो छ। हराएको मोबाइल सहजै भेटाउने सुविधा दिनका लागि प्राधिकरणले अनलाइन सेवा सुरु गरेको हो। पहिला यही सेवा कागजी रुपमा हुन्थ्यो भने अहिले अनलाइनमार्फत सुरु भएको छ,' मीनप्रसाद अर्यालले भने।

उनका अनुसार हराएको मोबाइल नेपालभित्रै रहे एकसाताभित्र पत्ता लाग्नेछ। मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र  नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोज्ने गरेको उनले बताए। मोबाइल हराएपछि अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुने गरेको उनले बताए।

हराएका मोबाइल खोज्न इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी (आइएमइआइ) नम्बर अनिवार्य रुपमा हुनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले गत फागुन एक गतेदेखि आइएमइआइ नम्बर दर्ता नभएका मोबाइल सेटहरुको निशुल्क अनलाइन दर्ता गर्न सकिने सुविधा सुरु गरिसकेको छ। अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ। गत वैशाखदेखि असारसम्म ८७ जना मोबाइल हराएको भन्दै अनलाइनमा आवेदन दिएका छन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell