PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पारस नेपालको गीति एल्बम 'धरोहर' सार्वजानिक



पारस नेपालको गीति एल्बम 'धरोहर' सार्वजानिक

काठमाडौं: राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कान्तिपुर दैनिकका पत्रकार पारस नेपालको गीति एल्बम 'धरोहर माटो र मुटुका गीतहरु सार्वजानिक भएको छ ।

बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान र साहित्यकार प्राध्यापक डा अभि सुवेदीले राजधानीमा आयोजित कार्यक्रममा एल्बम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पत्रकार फुलमान वल, गीतकार अमान मास्के, स‌गीतकार जुगल ड‌ंगोललगायतको उपस्थिति रहेको थियो ।

जुगल ड‌ंगोलको संगीत रहेको नेपालको एल्बममा ५ ओटा गीत समावेश रहेका छन्। नेपालले यसअघि कालापानी, नालापानी नामक गीति संग्रह बजारमा ल्याइसकेका छन् ।

एल्बममा कविवर माधवप्रसाद घिमिरेको ‘कस्तो हुन्थ्यो कस्तो’, स्व क्षेत्रप्रताप अधिकारीको ‘गर्मी भयो रे भन्छन्’ शीर्षकका गीतपनि छन् ।

यसैगरी अमन मास्केको दायाँबायाँ बेथिति छ’, दिनेश अधिकारीको ‘सबै भन्छन् तिमीलाई’ र फूलमान बलको ‘तिमीले टेक्ने माटो’ शीर्षकका गीतपनि समेटिएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell