PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दोहाको लागि निगमको प्रमोसनल फेयर : १८ हजारको राउन्ड ट्रिप, १४ हजार कर



दोहाको लागि निगमको प्रमोसनल फेयर : १८ हजारको राउन्ड ट्रिप, १४ हजार कर

काठमाडौं : नेपाल वायुसेवा निगमले दुर्इवटा वाइड बडी जहाज ल्याएपछि ‘एग्रेसिभ मार्केटिङ’ सुरु गरेको छ। नयाँ जहाजले पनि पूरानै गन्तब्यमा उडान भर्ने भएपछि निगमले भाडा घटाउन थालेको छ।

निगमले दोहाका लागि ‘प्रोमोसनल फेयर’ भन्दै १८ हजार रुपैयाँमा दुर्इतर्फी टिकट बिक्री थालेको छ। यसमा १४ हजार ६ सय रुपैयाँ कर जोड्नुपर्छ। अर्थात काठमाडौं-दोहा-काठमाडौंका लागि ३२ हजार ६ सय रुपैयाँ तिरे पुग्छ।

यसअघि यही उडानका लागि ३४ हजार ६ सय रुपैयाँबाट टिकट दर सुरु हुन्थ्यो।

‘हामीले एग्रेसिभ रुपमा बजार प्रवर्द्धनका लागि प्रोमोसनल फेयर ल्याएका हौं’निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बिजमाण्डूसँग भने, ‘हामीले राम्रो बजार हिस्सा लिनेगरि रणनीति बनाउँदैछौं।’

अहिलेको अफरमा ११ हजार रुपैयाँमा एकतर्फी टिकट निगमले बिक्री गरिरहेको छ।यसमा ७ हजार २ सय ६६ सय रुपैयाँ जोड्दा १८ हजार २ सय ६६ रुपैयाँमा दोहा जान मिल्छ। दोहा जाने कामदार र घुम्न जानेका लागि सस्तो पर्नेछ।यो अक्टोबरसम्म कार्यान्वयनमा रहने निगमले जनाएको छ।

उनले अन्तर्राष्ट्रिय उडानमा निगमको बजार हिस्सा ११ प्रतिशत रहेको बताउँदै यसलार्इ बढाउने रणनीति अनुसार काम अघि बढिरहेको बताए। ‘दुर्इवटा वाइड बडी आएपछि अन्तर्राष्ट्रियतर्फको हिस्सा बढाउने गरि हामीले एग्रेसिभ रुपमा काम गर्नैपर्छ’कंसाकारले भने,हामीले यो वाहेक आन्तरिकतर्फको पनि हिस्सा बढाउनेगरि रणनीति बनाइरहेका छौं।‘

निगमले २४ अर्ब ऋण लिएर दुर्इवटा वाइड बडी ल्याएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर ल्याएको दुर्इवटा जहाज मध्ये एउटाले काठमाडौं-दोहा उडान थालिसकेको छ भने अर्को जहाज एयर अपरेशन सर्टिफिकेट(एओसी)लिने प्रकृयामा छ। हिमालय एयरलाइन्सको दुर्इतर्फी भाडा ३८ हजार ५ सय रुपैयाँ छ।

कति छ बिजनेस क्लासको भाडा?

काठमाडौं-दोहा उडानका लागि निगमको विजनेश क्लासको भाडा अरु एयरलाइन्सको भन्दा कम छ।निगमको काठमाडौं-दोहा दुर्इतर्फी भाडा ७८ हजार ६ सय २ रुपैयाँ छ।

हिमालय एयरलाइन्सको विजनेश क्लासको काठमाडौं-दोहा दुर्इतर्फी भाडा ८१ हजार ५ सय रुपैयाँ छ। कतारको भने विजनेश क्लासको दुर्इतर्फी भाडा १ लाख २९ हजार रुपैयाँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell