PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'महको म’ माथि अमेरिकामा अन्तरक्रिया



पहिलोपोस्ट

'महको म’ माथि अमेरिकामा अन्तरक्रिया

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्डस्‍थित जर्मन टाउनमा पुस्तक विषयक छलफल भएको हो। कार्यक्रम नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले गरेको हो ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र पाठकहरुबीच सहजिकरण पत्रकार प्रेम बानियाँले गरेका थिए।

कार्यक्रमको प्रारम्भमा श्रेष्ठले 'अरबै मान्छेमा तिमि एक , मन मिल्ने मान्छे' बोलको गीत गाएका थिए। साथै उनको पुर्खौली घर जितपुर र उनले बाल्यकाल बिताएको घर सम्बन्धि तयार गरिएको श्रब्य दृश्य सामाग्री समेत प्रस्तुत गरिएको थियो।

मदन कृष्णले आत्मकथा लेखनको सुरुवात बारे भने,'सजिलो हुन्छ होला भन्ठानेको तर मलाई ६ वर्ष लाग्यो। आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई क्यान्सर भएर उपचारतिर लाग्नु पर्‍यो। त्यसैले पनि केही ढिला भयो।'

महको म लेख्ने क्रममा उनी स्वयंलाई पनि पार्किन्सन्स भएको थियो। पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को संघर्ष आदि ईत्यादी समेटिएको छ।

प्रेम बानियाँले उक्त पुस्तक गरिएको एक व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठलाई समेत अन्तर्क्रियामा सहभागी बनाए। उनी सन् १९७७ मा अमेरिका गएका थिए। र हाल नेपाली सांस्कृतिक समुह खोलेर बसेका छन्।

कार्यक्रम अवधीभर मदन कृष्ण श्रेष्ठले ५ वटा गीत गाए।

आयोजक संस्थाको तर्फ्बाट अध्यक्ष राजु जोशीले स्वागत मन्तब्य राखेका थिए। मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महा वाणिज्य दुत प्रेम राजा महतले पनि मदन कृष्ण श्रेष्ठको बारेमा केही कुराहरु राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell