PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


चितवनमा बस र ट्रक ठोक्किँदा चारको मृत्यु, १७ जना घाइते


पहिलोपोस्ट

चितवनमा बस र ट्रक ठोक्किँदा चारको मृत्यु, १७ जना घाइते
फोटोः सहन प्रधानकाे फेसबुकबाट

चितवनः गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।  दुर्घटनामा १७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो। मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ। रासस



चितवनमा बस र ट्रक ठोक्किँदा चारको मृत्यु, १७ जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट