PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शाहिदुल रिहाईको माग गर्दै बंगलादेशी दुतावासमा नेपाली फोटोपत्रकारले गरे प्रदर्शन

शाहिदुल रिहाईको माग गर्दै बंगलादेशी दुतावासमा नेपाली फोटोपत्रकारले गरे प्रदर्शन


काठमाडौं: बंगलादेशका चर्चित फोटो पत्रकार शाहिदुल आलमको शीघ्र रिहाइको माग गर्दै नेपाली फोटो पत्रकारहरुले काठमाडौंमा रहेको बंगलादेशको दुतावास अगाडि प्रदर्शन गरेका छन्।

आलमलाई साउन २० गते ढाका मेट्रोपोलिटन प्रहरीले आलमलाई उनको निवासबाट पक्राउ गरेको थियो।

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी सरकारले आलमलाई पक्रेको जनाइएको छ।


 


ट्रेन्डिङ पोस्ट

Ncell