PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एसिया कप छनोटको लागि प्रारम्भिक टोली घोषणा : चोटका कारण शरद बाहिरिए, नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्ने



पहिलोपोस्ट

एसिया कप छनोटको लागि प्रारम्भिक टोली घोषणा : चोटका कारण शरद बाहिरिए, नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्ने
शरद भेषावकर, फाइल फोटो/रमन शिवाकोटी

काठमाडौँ : यही अगष्टको अन्तिमदेखि मलेसियामा हुने एसिया कप छनोटका लागि १९ सदस्य प्रारम्भिक नेपाली टोली घोषणा भएको छ।

प्रशिक्षक जगत टमाटा र पारस खड्का सम्मिलित दुई सदस्यीय छनोट समितिले १९ खेलाडी क्याम्पका लागि छनोट गरेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेका १५ मध्ये १३ खेलाडी क्याम्पका लागि स्वत छनोट भएका छन्। उक्त टोलीमा रहेका दुई सिनियर खेलाडी शक्ति गौचन र शरद भेषावकर टिममा छैनन्। शक्तिले यसअघि नै सन्यासको घोषणा गरिसकेका छन्। उनले अब विदेशमा नखेल्ने र घरेलु मैदानमै अन्तिम खेल खेलेर बिदा लिने घोषणा गरेका छन्। शक्तिले लागि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल नै पहिलो र अन्तिम ओडिआई बन्यो।

यस्तै नेदरल्याण्ड्सविरुद्धको पहिलो ओडिआईमा चोट लागेपछि दोस्रो खेल गुमाएका शरद भने क्याम्पका लागि छनोट भएनन्। उनको दायाँ हातको कान्छी औंलामा चोट लागेको थियो। शरदको चोट निको हुनका लागि ४ हप्ता लाग्ने शिवाकोटीले जनाएका छन्। यी दुई खेलाडीको स्थानमा सागर पुन र किशोर महतोलाई क्याम्पमा राखिएको छ।

यसबाहेक नेदरल्याण्ड्स र लर्ड्स टुरका लागि वैक्लपिकमा रहेका विनोद भण्डारी, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी पनि क्याम्पमा परगेका छन्।

नेपाली टोलीको क्याम्पन अगष्ट १४ बाट सुरु हुनेछ र त्यसपछि एसिया कप छनवटका लागि अन्तिम १५ खेलाडीको सूची त्यसपछि सार्वजनकि गरिनेछ।

यस्तै छनोटका लागि नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक अपुर्व देसाईलाई एसीसीले नियुक्त गरेकोछ। उनी अगष्ट १४ मा नेपाली टोलीको क्याम्पमा सामेल हुनेछन्।

यसैगरी नेपालले छनोटअघि श्रीलंकामा वैदेशिक प्रशिक्षण गर्ने भएको छ। शिवाकोटीका अनुसार नेपाली टोली अगष्ट २० मा श्रीलंका प्रस्थान गर्नेछ र त्यहाँ ३ वटा अभ्यास खेल खेल्नेछ।

एसिया कप छनोट अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुनेछ। जहाँ नेपालसहित एसियाका ६ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोविनपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ र त्यसको विजेता एसिया कपमा छनोट हुनेछ। छनोट हुने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

नेपाली टोली:

पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित सिंह भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell