PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कुलचन्द्र गौतमको जीवनी विमोचित



पहिलोपोस्ट

कुलचन्द्र गौतमको जीवनी विमोचित

काठमाडौं: कुलचन्द्र गौतमको जीवनी ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक भएको छ। मंगलबार सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका हुन्।

दुर्गममा जन्मे हुर्केका गौतम अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमको सम्झनामा उनको योगदानको समेत चर्चा भयो।

‘पुस्तक पढ्दा महिला तथा वालवालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको नेपालका लागि अवकाश पछि पनि उत्तिकै सक्रिय गौतमको अनुभव र अठोट अत्यन्त उपयोगी छ।’ ज्ञवालीले गौतमको बेलाको गुल्मी र अहिलेको गुल्मीमा धेरै अन्तर आइसकेको भएता पनि अहिले पनि धेरै केटाकेटीहरु स्कुलभन्दा बाहिरै रहनुलाई साझा चूनौतिका रुपमा उल्लेख गरे।

कार्यक्रममा गोकर्ण विष्टले भने, ‘त्योबेलाको गुल्मीबाट उठेर आफू सँगसँगै आफ्नो ठाउँलाई पनि माथि उठाउन खोज्ने गौतम मेरो निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ।'

कार्यक्रममा बोल्दै लेखक गौतमले आफ्नो पुस्तक विशेषगरि युवा पुस्ताका निम्ति उपयोगी बन्नसक्ने उल्लेख गरे। ‘पुस्तकको पछिल्लो तीन अध्याय मेरो जीवनको अनुभवमा उभिएको छ,’ गौतमले भने, ‘नेपालका तन्नेरीहरुलाई निराश बनाइरहेको अहिलेको परिस्थितीमा यी अनुभवहरुले बाधा अवरोध चिर्न सघाइदियो भने म यो पुस्तक सफल भएको ठान्नेछु ।’

पुस्तकको विक्रीबाट उठेको पैसा नेपालका छोरीहरुको शिक्षामा खर्च गरिने घोषणा पनि गौतमले समारोहमा गरे।

विमोचनको प्रारम्भ बौद्ध मन्त्र गायिका आनी छोइङ ड्रोल्माको मंगलगीतबाट भएको थियो।

पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो। यसअघि उनले लेखेको ‘लस्ट इन ट्रान्जिसन’ नेपालयमार्फत सार्वजनिक थियो। पुस्तकको एक वर्षपछि नेपाली भाषाको संस्करण आउने घोषणा गरियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell