PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फोटोमा हेर्नुस् घण्टाकर्ण राक्षसलाई भक्तपुरमा जलाइएको दृश्य

फोटोमा हेर्नुस् घण्टाकर्ण राक्षसलाई भक्तपुरमा जलाइएको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : काठमाडौँ उपत्यकामा बिहीबार घण्टाकर्ण चतुर्दशी मनाइयो। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ।

काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीक बनाई उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ।

राक्षसको पुत्ला बनाई जलाउने काम पनि गरिन्छ।  'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ।

बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ। ‌औँठीको बिक्री पनि आज बढेको थियो। 

भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ। हेर्नुस् भक्तपुरका फोटो 


ट्रेन्डिङ पोस्ट

Ncell