PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रहरी भन्छ- ब्ल्याक डलरदेखि सावधान, पक्राउ परे डिस्कभरी च्यानलका नक्कली कर्मचारी



प्रहरी भन्छ- ब्ल्याक डलरदेखि सावधान, पक्राउ परे डिस्कभरी च्यानलका नक्कली कर्मचारी

काठमाडौँ : ब्ल्याक डलर। डलरको साइजमा काटिएको कालो रंगको कागजलाई केमिकलको सहायतामा डलर बनाउन सकिन्छ। केमिकल किन्नुस् भन्दै रकम ठग्ने समूहहरु समेत सक्रिय रहेको भन्दै त्यसबाट सचेत रहन प्रहरीले अपिल गरेको छ। 

डलर तथा पाउण्ड स्टर्लिरङको नोटको साइजमा रहेको कागज जस्तो देखिने कालो रङको वस्तुलाई केमिकलको सहायतामा डलर तथा पाउण्डस्टर्लिङमा परिवर्तन गर्न सकिन्छ भनेर ठगी गर्ने योजनासमेत बनाएको भन्दै एक युवक पक्राउ परेका छन्। 

गोकर्णेश्वर नगरपालिका बस्ने २७ वर्षका प्रसन्न खातीलाई अमेरिकी दूतावासको भिसा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको तथा प्रविधिको दुरुपयोग समेत गरेको कसुरमा प्राप्त उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको छ। 

खातीले आफू अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भनी फेक आइडी कार्ड समेत देखाई ठगी गरेका थिए। 

उनले प्रलोभनहरू देखाई अमेरिकाको भिसा लगाइदिन्छु भनि आफ्नो मोबाइलमा फेक भिसा लागेको देखाई पटक-पटक गरी विभिन्न प्रक्रियागत खर्चको नाममा २० लाख लिएको पीडितले उजुरी दिएका छन्। 

त्यसैगरी उनले अमेरिकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट संचालनको लागि रकम निकासा गर्न सकिन्छ भनी प्रलोभन देखाई पटक पटक गरी २५ लाख अर्कोसँग ठगी गरेका थिए। 

एम्बेसीका उच्चपदस्थ कुटनीतिज्ञसँग आफ्नो राम्रो चिनजान भएकोले कार्टर सेन्टर नेपाल फाउन्डेसन अन्तर्गतको कार्यक्रममा १० लाख डलरको रकम रहेको र सो रकम आफूले निकासा गराउन सक्ने भनि विश्वास दिलाएको देखिएको प्रहरीले बताएको छ। 

जिल्ला अदालत काठमाडौँबाट ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell