PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पर्सा बालक हत्या प्रकरण, हजुरबुवा र ठूलीआमा पक्राउ : बालककी आमाको प्रश्न - हजुरबाले नातिलाई मार्छ?



राधेश्याम पटेल

पर्सा बालक हत्या प्रकरण, हजुरबुवा र ठूलीआमा पक्राउ : बालककी आमाको प्रश्न - हजुरबाले नातिलाई मार्छ?

वीरगंज: दुई वर्षमा पर्साका एउटै परिवारको दुईजना बालकको हत्याको भएको थियो। तर, पर्सा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रहरीले अनुसन्धान सकिन लाग्यो भनी दाबी गरिरहँदा पीडित परिवारजन भने प्रहरीको अनुसन्धानबाट सन्तुष्ट छैनन्। उनीहरुले प्रहरीले हतारमा घटनालाई अतिरञ्जित गर्न थालेको आरोप लगाएका छन्।
 
बहुदरमाई नगरपालिका–२, वैरियाबिर्तामा २०७४ मङ्सिर १३ गते ६ वर्षे सुमित साहको र २०७५ साउन ३१ गते ११ वर्षे आयुष साहको हत्या भएको थियो। दुबैलाई पहिले चार दिन वेपत्ता पारी हत्या गरी वैरियाविर्ता गाउँको अम्बिका साहको पोखरीको डिलमा शव गडिएको अवस्थामा फेला पारिएको थियो।

बालकद्वयको हत्यामा ५५ वर्षीय हजुरबुवा ताराचन्द्र साह र ठूली आमा २८ वर्षीया रितादेवी साहकोसमेत संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको छ। 

‘दुई बालक मध्ये साउन ३१ गते मारिएका आयषको हत्यामा हजुरबुवा र ठुली आमा रीता देवीकै हात देखियो, पोलिग्राफ परीक्षण पनि भएको छ, हामीले जुन आशंका गरेका थियौं, अनुसन्धान त्यही अनुरुप अघि बढेको छ,’पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दावी गरे।

परिवारकै सदस्य पक्रेकोप्रति बालकका बुवा सन्जयले असन्तुष्टि व्यक्त गरेका छन्। प्रहरीले आफ्नै परिवारलाई फसाउन लागेको उनको आरोप छ। 

सुमितका बुवा सन्जयले पहिलोपोस्टसित भने, 'कुन हजुरबुबाले आफ्नो नातिलाई मार्छ। यो सरासर गलत कुरा हो। प्रहरीले अतिरञ्जित किसिमले बुबा र भाउजुलाई फसाउन खोजेको छ। यस विषयमा मानव अधिकारकर्मीले सत्यतथ्य छानबिन गर्नुपर्छ।' 

सुमितकी आमा बबिता देवीले पनि ताराचन्द्र र रिताको संलग्नता हुनै नसक्ने दाबी गरिन्। भनिन्, 'मेरा ससुराले कसरी नातिलाई मारेका होलान।'

आज बयान दिएर जिल्ला प्रहरी कार्यालय पर्साबाट निस्किदै गर्दा यस घटनालाई पर्सा प्रहरी गम्भीर भएर अनुसन्धान नगरेको उनीहरुको आरोप रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell