PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


बकर इदमा विदा दिने प्रधानमन्त्रीको 'आश्वासन' 


बकर इदमा विदा दिने प्रधानमन्त्रीको 'आश्वासन' 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिएका छन्। 

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराउने क्रममा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका हुन्। 

 प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीले बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिनु भएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए।

आगामी भदौ ६ गते बुधबार बकर इद पर्व पर्दछ।

सरकारले बकर इदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए। मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।



बकर इदमा विदा दिने प्रधानमन्त्रीको 'आश्वासन'  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट