PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्क्रिप्ट पढेको भोलिपल्टै 'गोपी'मा विपिन कार्की, वर्षा सिवाकोटी बाहिरिँदा वर्षा राउतको इन्ट्री



स्वेच्छा राउत

स्क्रिप्ट पढेको भोलिपल्टै 'गोपी'मा विपिन कार्की, वर्षा सिवाकोटी बाहिरिँदा वर्षा राउतको इन्ट्री

काठमाडौं : छायाँकनका तयारीमा पूरा भएको भनिएको फिल्म ‘गोपी’का मुख्य दुई कलाकारले नै प्रोजेक्टबाट हात झिकेका छन्। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीले फिल्म छोडेका हुन्। 

वर्षा सिवाकोटी तीन साता अघिमात्र फिल्ममा अनुबन्धित भएकी थिइन्। उनले वर्कसप हुँदाहुँदैको अवस्थामा स्क्रिप्टमा चित्त नबुझेको भन्दै फिल्म छोडेकी हुन्। उनले आइतबार राति फेसबुकमा समेत उक्त विषयलाई लिएर स्टाटस पोस्ट गरेकी थिइन्। लेखेकी छिन्, ’चलचित्रबाट कलाकार निकालिनु र भित्रिनु नौलो कुरा होइन। बरु कलाकारलाई साइन गराउँदा एउटा र पछि काम सुरु हुने बेला अर्कै चरित्र भनिनु चाहिँ नौलो भएन।’ 

तर, उनले गोपी फिल्म युनिटलाई तोकेर भने केही  लेखेकी थिइनन्। 

मंगलबार फिल्म युनिटले कार्यक्रम आयोजना गर्दै वर्षा सिवाकोटी र खगेन्द्र लामिछानेको ठाउँमा वर्षा राउत र विपिन कार्की अनुबन्धित भएको आधिकारिक जानकारी दियो। 

रोचक त के छ भने फिल्म ‘प्रसाद’को छायांकन सकिएको एक हप्तामै विपिनले फिल्म साइन गरे। उनले सोमबार राति मात्र स्क्रिप्ट पढेका हुन्। उनको आफ्नो खातामा नयाँ फिल्म नभएकाले गोपी गर्न लागेको सुनाउँदै भने, ’कथाले नै तान्यो। मलाई फिल्मका निर्देशकमा पनि विश्वास छ।’ 

विपिनले गोपीमा एक्सपेरिमेन्टल चरित्र गर्न नपाए पनि भूमिका उनको लागि नयाँ हुने बताए।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्। निर्देशक लामाले अनुबन्धित नयाँ कलाकारहरुमा आफूलाई विश्वास भएको जनाए। ‘फाइनल आवरमा यस्तो ठूलो परिवर्तन भएको छ। यो हाम्रो लागि रिस्कसँगै च्यालेन्ज पनि हो,’ लामाले भने।

फिल्ममा अभिनेता सुरक्षा पन्तको पनि मुख्य भूमिका छ। 

फिल्मका पटकथाकार सामिप्यराज तिम्सिनाले नयाँएक्टरको इन्ट्रीले कुनै नकारात्मक प्रभाव नगर्ने विश्वास रहेको बताए। भने, ’वर्षाले वान लाइन स्टोरी सुनेर साइन गरेकी थिइन्। र पूरा स्क्रिप्ट नपढी निस्किने निर्णय गरिन्। वर्कसपमा बसेर चित्त नबुझेको ठाउँमा काम गर्न सकिन्थ्यो तर त्यसो भएन।’ 

उनले अब कुनै पनि काममा बिलम्ब नगरी भदौ पहिलो साताको अन्तिमबाट फ्लोरमा जाने जानकारी दिए। भने – 'विपिनले ढिला स्क्रिप्ट पढेका हुन्। १/२ दिन ढिला गरम् भनेको खण्डमा हामी लिबरल बन्नुपर्छ।'

फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटककथा, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ। निर्माण टिमले आगामी चैत १५ लाई प्रदर्शन टार्गेट राखेको छ। 

फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell